दि भ्वाइस अफ नेपाल’ का यी हुन चार फाइनलिस्ट प्रतियोगी, कस्ले मार्ला ग्राण्ड फाइनलमा बाजी ?

५ बर्ष अगाडि

 

काठमाडौं –  नेपालको चर्चित रियालिटी शो ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ आईतवारको कार्यक्रमदेखि फाइनलमा प्रवेश गरेको छ ।

फाइनलमा चारै जना निर्णायकहरु दिप, अभया, सनुप र प्रमोदका टिमबाट एक÷एक प्रतियोगीहरु प्रवेश गर्न सफल भएका छन् । 

यसअघि सेमी फाइनल पुगेका ८ जना प्रतियोगीमध्ये प्रत्येक टिमबाट एक÷एक प्रतियोगीहरु फाइनलमा प्रवेश गरे ।

फाइनलमा सिडि बिजय, कुशल, सप्तक र श्रृजय फाइनलमा जान सफल भएका छन् । यी चारजनामध्येबाट नै ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’को टाइटल जित्नेछन् ।

आइतवार ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ चारै फाइनलिस्टहरु सिडि बिजय, कुशल, सप्तक र श्रृजयले आ–आफ्नो प्रस्तुती दिए ।

प्रतियोगीहरुको प्रस्तुतीपछि चारै कोचहरुले आफ्नो टिमका प्रतिस्पर्धीहरुको लागि समेत भोट अपिल गरेका छन् । निर्णायकहरुले आफ्नो टिमका प्रतियोगीहरुलाई भोट दिएर ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ को बिजेता बनाउन हार्दिक अनुरोध समेत गरेका छन् ।

‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ आइतवारको कार्यक्रमपछि फाइनलिस्टहरुका साथै सेमीफाइनलमा पुगेका टप ८ जनाले ग्राण्ड फाइनलमा आफ्नो प्रस्तुती दिनेछन् । 

कतार, दोहाको एमपी थिएटरमा डिसेम्बर १४ तारिख अर्थात मंसिर २८ गते शुक्रबार हुने ग्राण्ड फाइनल नेपालमा कान्तिपुर टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुनेछ । यो विशेष कार्यक्रममा प्रतियोगीहरुका साथै अन्य नेपाली कलाकारहरुले पनि आफ्नो कलाद्धारा दर्शकहरुलाई मनोरन्जन प्रदान गर्नेछन् । कार्यक्रममा चर्चित हास्य कलाकार सिताराम धुर्मुस र कुन्जना सुन्तलिको पनि प्रस्तुती हुनेछ । त्यसैगरि ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ का अन्य सहभागीहरुले पनि आफ्नो कला प्रस्तुत गर्नेछन् ।

विदेशमा बस्नुभएका नेपालीहरुले आगामी मंसिर २८ गते शुक्रबार बेलुकी ८ बजेसम्म हरेक दिन एउटै आईडीबाट पचास वटासम्म भोट गर्न सकिने व्यवस्था गरिएको छ ।

भोटिंगको तरिका
‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ मा आफूलाई मनपर्ने प्रतिस्पर्धीहरुलाई दर्शकहरुले भोट गर्न सक्ने सुविधा रहेको छ । भोट गर्नको लागि आफ्नो मोबाइल फोनबाट एसएमएसमा गएर प्रतियोगीको कोड नम्बर टाइप गरेर ३७००० मा सिधै पठाउन सक्नुहुनेछ ।

त्यसैगरि भारतबाट ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ हेर्नुहुने दर्शकका लागि आफ्नो मनपरेको प्रतियोगीलाई भोट गर्न आफ्नो मोबाइलबाट प्रतियोगीको कोड नम्बर टाइप गरेर ५३०१० मा पठाउन सक्नुहुनेछ ।

यति मात्र होईन्, दर्शकहरुले आफ्नो ल्याण्डलाइन टेलिफोनमार्फत पनि फोन गरेर प्रतियोगीको कोड नम्बरसहित भोट गर्नसक्नुहुनेछ । नेपाल टेलिकमको ल्याण्डलाइनबाट १६६६७७ मा फोन गरेर पनि गर्न आफ्नो मन गर्ने प्रतियोगीको कोड नम्बरसहित भोट सक्नेछन् । (उदाहरणको लागि १६६६७७ मा कल गर्नुस र त्यसपछि कोड नम्बर डायल गर्नुस् ।)

दर्शकहरुले ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ को मोबाइल एप डाउनलोड गरेर पनि आफ्नो मन परेको प्रतियोगीलाई भोट गर्न सक्नुहुनेछ । यसको लागि तपाईँले एन्ड्रोयड मोबाइलको लागि ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ को एप डाउन लोड गर्नका लागि यो https://play.google.com/store/apps/details?id=com.nepware.tvon _ लिंकमा जानुहोस् । 
त्यसैगरि एप्पलको आईओएस स्टोरबाट डाउनलोड गर्नको लागि यो https://itunes.apple.com/np/app/the-voice-of-nepal/id1352444656?mt=8_लिंकमा जानुहोस् ।
नेपालमा अहिलेसम्मकै भव्य र रोमान्चक कार्यक्रमको रुपमा संचालन भईरहेको टिभिएस अपाचे दि भ्वाइस अफ नेपालले नेपाली गित संगितको क्षेत्रमा नयाँ आयाम कोर्न सफल हुने अपेक्षा गरिएको छ ।
टिभिएस अपाचे सिरिज आरटिआर दि भ्वाइस अफ नेपाललाई टिभिएस अपाचेले मुख्य प्रायोजन गरेको छ ।
थप जानकारीका लागि
‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’को आधिकारिक फेसबुक पेज र यूट्यूब पेजमा जानुहोस ।

५ बर्ष अगाडि

प्रतिक्रिया