धादिङका कृष्ण तिमिल्सेना गरे विद्यालयलाई १३ लाख बढी सहयोग

५ बर्ष अगाडि

धादिङ–धादिङ स्थायी घर भई बेलायतमा बस्दै आएका धकृष्ण तिमिल्सेनाको आर्थिक सहयोगमा यहाँस्थित निलकण्ठ नगरपालिका १४ धुवाँकोटमा रहेको श्री सरस्वती माध्यमिक विद्यालय पुनर्निर्माण सम्पन्न भएको छ । 

 उनले केही अघि विद्यालयलाई रु १३ लाख ६० हजार सहयोग गरेका थिए । सोही रकमको सहयोगमा विद्यालय पुनर्निर्माणको काम सम्पन्न भएको हो । 

डेढ दशकदेखि लन्डनमा व्यवसाय गर्दै आएका  तिमिल्सेनाले ०७२ सालमा आएको भूकम्पले ध्वस्त भएको विद्यालय पुनर्निर्माणका लागि आर्थिक समस्या परेको थाहा पाएसँगै आर्थिक सहयोग उपलब्ध गराएका थिए । 
सोही विद्यालयमा प्रारम्भिक शिक्षा हासिल गरेको तिमिल्सेनाले भने, ‘आफैँले कखरा सिकेको विद्यालयलाई  रकम सहयोग गर्न पाउँदा खुसी लागेको छ ।’ 


लण्डनमा व्यसायका साथै विभिन्न संघसंस्थामा समेत संलग्न तिमिल्सेनाले धुवाँकोटकै तमैरातमाटे माविका लागि पनि  ३ लाख रुपैयाँ सहयोग  गरेका थिए । यस्तै उनले नेपालमा वृद्धाश्रम, मन्दिर निर्माणदेखि अन्य विभिन्न सामाजिक काममा निरन्तर सहयोग गर्दै आएका छन् । 

तिमिल्सेना नेपलिज् सेफ एसोसिएसन यूकेका अध्यक्ष, एनआरएनए यूके पूर्व उपाध्यक्ष तथा एनआरएनए आइसीसी पूर्व सदस्य हुन् ।
बेलायतमा कृष् फूडलगायतका कम्पनीका सञ्चालक रहेका उनको नेपालमा पनि विभिन्न क्षेत्रमा लगानी रहेको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया