सिटिजन्स बैंक र चिलिमे जलविद्युतले  लगानीकर्तालाई लाभांश दिने

५ बर्ष अगाडि

सिटिजन्स बैंकले आफ्ना लगानी कर्तालाई गत वर्षको नाफाबाट  लाभांश दिने भएको छ । बैंकले ३.६२ प्रतिशत बोनस सेयर र १.६३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । बैंकको हिजो बसेको सञ्चालक समितिको बैठकले २९ करोड १४ लाख ४५ हजार ७ सय ७३ रुपैयाँ बराबरको बोनस सेयर र १३ करोड १३ लाख ५६ हजार १ सय ४३ रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको हो । बैकको हालको चुक्ता पुँजी ८ अर्ब ३ करोड ३२ लाख रुपैयाँ रहेको छ । 
यो लाभांश राष्ट्र बैंकको स्विकृति र बैंकको साधारण सभाले पारित गराएपछि मात्र वितरण हुनेछ । बैंकको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ३६ पैसा  र प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ १८ पैसा रहेको छ ।
यता चिलिमे जलविद्युत कम्पनीले पनि २५ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।  यो लाभांश कम्पनीको सधारणसभाले पारित गरेपछि मात्र वित्तरण हुनेछ ।  हाल चिलिमेको सेयर पुँजी  ३ अर्ब ९६ करोड ५१ लख १३ हजार रुपैयाँ रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया