आँधीखोला लघुवित्त वित्तीय संस्थाले ४ करोड रुपैयाँ बराबरको आइपिओ निष्काशन गर्ने

५ बर्ष अगाडि

आँधीखोला लघुवित्त वित्तीय संस्थाले ४ करोड रुपैयाँ बराबरको आइपिओ निष्काशन गर्ने भएको छ । १०० रुपैयाँँ अंकित मूल्यमा ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आइपिओ निष्काशनको तयारीमा आँधीखोला लघुवित्त जुटेको छ ।  
यसका लागि आँधीखोलाले बिक्रि प्रबन्धकमा एनआइबिएल एस क्यापिटलललाई बिक्रि प्रबन्धकमा नियुक्त गरेको छ ।  आँधीखोला र एनआइबिएल एस क्यापिटल बीच समझदारी भएको छ । 
आँधीखोला लघुवित्त वित्तीय संस्थाको अधिकृत पुँजी १५ करोड रुपैयाँ तथा जारी पुँजी १० करोड रुपैयाँ रहेको छ । 
यो कम्पनीको चुक्तापुँजी ६ करोड रुपैयाँ रहेको छ । सर्वसाधारणलाई सेयर बिक्रि गरेपछि आँधीखोलाको चुक्ता पुँजी १० करोड रुपैयाँ पुग्नेछ ।

५ बर्ष अगाडि

प्रतिक्रिया