‘मिस यूनिभर्स’मा सहभागी मनिता फर्किइन् स्वदेश

५ बर्ष अगाडि

काठमाडौं –थाइल्यान्डको बैंककमा आयोजना भएको ६७ औं ‘मिस यूनिभर्स’ मा नेपालको प्रतिनिधित्व गरेकी मनिता देवकोटा स्वदेश फर्किएकी छन् । उनी बुधबार मध्य राती नेपाल फर्किएकी हुन् ।

त्रिभुवन बिमानस्थलमा ओलिर्ने बितिकै देवकाटाले ‘मिस युनिभर्स’को ताज नेपाल भित्र्याउन नसकेपनि नेपालको नाम उच्च पारेर फर्किएको प्रतिक्रिया दिइन् । 

‘नेपालको नाम स्टेजमा बोल्दा मेरो मुटुको चाल बढ्यो । टास्क कठिन थियो । तर अन्त्यमा जादुई भयो’ संचारकर्मीहरुसँग कुरा गर्दै उनले भनिन् ‘टीभीमा हेरिरहनु भएका तपाईहरुले पनि यो महशुस गर्नु भयो होला । मेरो अहिले पनि त्यो क्षण दिमागमा ताजै छ ।’ 

२३ वर्षीया देवकोटा प्रतियोगीतामा उत्कृष्ट १० भित्र पर्न सफल भएकी छन् । उनी एसिया प्यासिफिक तथा अफ्रिकाका तर्फबाट तेस्रो नम्बरमा समेत परेकी छन् ।

फर्किदा उनलाई त्रिभुवन बिमानस्थलमा स्वागतका लागि मिस नेपाल श्रृखंला खतिवडा, मिस नेपाल आयोजक लगायत पुगेका थिए ।

५ बर्ष अगाडि

प्रतिक्रिया