मच्छिन्द्रको पहिलो जित

५ बर्ष अगाडि

खराव नतिजाबाट गुज्रिरहेको मच्छिन्द्रले पल्सर शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पहिलो जित हात पारेको छ । सातदोवाटो स्थित एन्फा मैदानमा सुक्रबार भएको खेलमा मच्छिन्द्रले सरस्वती युथ क्लबलाई ४–२ गोलले हरायो ।

सरस्वतीले खेलको चौथो मिनेटमै आत्मघाती गोल सहगोगमा सुरुवाती अग्रता लिएको थियो । मच्छिन्द्रका सन्जय राजबाहकले बल बचाउने क्रममा आत्मघाती गोल गरेका थिए । मच्छिन्द्रले १६औं मिनेटमा बराबरी गोल फर्कायो । मच्छिन्द्रका विशाल राईले बराबरी गोल फर्काए ।

२०औं मिनेटमा मच्छिन्द्रका लागि बसडिया डियामान्डेले दोस्रो गोल गरे । २५औं मिनेटमा अनिल गुरुङले तेस्रो गोल गरे । ३६औं मिनेटमा सरस्वतीका फ्रान्सिस ओएमाले गोल गर्दै खेललाई ३–२ को अवस्थामा ल्याए ।

प्रतिस्पर्धातमक दोस्रो हाफमा मच्छिन्द्रले एक गोल थपेको थियो । दोस्रो हाफको इन्जुरी समयमा विकाश राईले पेनाल्टी मार्फत गोल गर्दै मच्छिन्द्रको जित सहज बनाए । यस जितसँगै १० खेलबाट ६ अंक बनाएको मच्छिन्द्र तालिकाको ११औं स्थानमा उक्लिएको छ । यसअघि १० अंक बनाएको सरस्वती नवौं स्थानमा छ  ।

 

 

५ बर्ष अगाडि

प्रतिक्रिया