सन्दीपले पहिलो खेलमै तहल्का मच्चाए

५ बर्ष अगाडि

काठमडौं – बिग बास लिगमा डेब्यु गर्ने मौका पाएका नेपालका लेग स्पिनर सन्दीप लामिछानेले पहिलो खेलमै तहल्का मच्चमाएका छन् ।

सन्दीपले सुक्रबार भएको खेलमा विश्व चर्चित अस्ट्रेलियाको बिग ब्यास लिगमा लामिछानेले सिड्नी थन्डर्सका कप्तानसहित दुई विकेट लिएका हुन् । आठौं ओभरमा व्यक्तिगत पहिलो ओभर लिएर आएका सन्दीपले दोस्रो बलमा शेन वाट्सनलाई २२ रनमा आउट गरेका हुन् । सोही ओभरको अन्तिम बलमा सन्दीपले क्यालुम फर्गुर्सनलाई १५ रनमा बोल्ट आउट गराए । सन्दीपले पहिलो ओभरमा तीन रन खर्चिएर दुई विकेट लिएका थिए । दशौं ओभरमा व्यक्तिगत दोस्रो ओभर लिएर आएका सन्दीपले एक चौका सहित ६ रन खर्चिए ।

क्यानबेरामा जारी खेलमा सिड्नी थण्डर्सविरुद्ध मेलबर्नले टस जितेर पहिले फिल्डिङ रोजेको थियो । बिग बासमा खेलेर सन्दीप उतैबाट बंगलादेश प्रिमियर लिग (बीपीएल) खेल्न बंगलादेश जानेछन् । सन्दीपले बिग बासको पाँच देखि ६ खेल खल्नेछन् । बीपीएल जनवरी ५ देखी फेब्रुअरी ८ सम्म हुनेछ । बंगलादेशमा सन्दीपले सिल्लेट सिक्सरबाट खेल्नेछन् । सन्दीपलाई इन्डियन प्रिमियर लिग (आईपीएल) मा पनि दिल्ली क्यापिटलले रिटेन गरिसकेको छ । उनले आइपीएलको अघिल्लो सिजन दिल्लीबाट खेल्ने मौका पाएका थिए । 

५ बर्ष अगाडि

प्रतिक्रिया