राष्ट्रिय सभाको उपाध्यक्षमा दाहाल निर्वाचित

६ बर्ष अगाडि


काठमाडौं– रष्ट्रियसभाको उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रकी शशिकला दाहाल निर्वाचित भएकी छन् । 
आइतबार भएको निर्वाचनमा दाहाल ४५ मतसहित निर्वाचित भएकी हुन् । दाहालकी प्रतिश्पर्धी उम्मेदवार बृन्दा रानाको पक्षमा ११ मत परेको थियो ।
निर्वाचन मत विभाजनका आधारमा भएको थियो ।
राष्ट्रियसभाको उपाध्यक्ष पदमा माओवादीकी दाहाल र काँग्रेसकी बृन्दादेवी आले (राना)को उम्मेद्वारी परेको थियो । 
राष्ट्रियसभाको आइतबार बसेको बैठकमा उपाध्यक्ष पदको निर्वाचन भएको हो ।
निर्वाचनमा अध्यक्षबाहेक ५६ जनाले मतदानमा भाग लिएका थिए । उपाध्यक्षमा निर्वाचित दाहाल महोत्तरीकी हुन् भने आले कास्की जिल्लाबाट प्रतिनिधित्व गर्छिन् ।
यसअघि फागुन ३० मा राष्ट्रियसभा अध्यक्षमा एमालेका गणेश तिमिल्सिना निर्वाचित भएका थिए । 
बैठकमा भाग लिदै काँग्रेस सांसदहरुले निषेधको राजनीति भइरहेको भन्दै निषेध र गणितीय राजनीतिले सम्बृद्धि र सुशासन सम्भव नहुने धारणा राखेका थिए ।

६ बर्ष अगाडि

प्रतिक्रिया