मानसिक स्वास्थ्यमा ध्यान दिन क्यान्सरका बिरामीलाई डाक्टरको सुझाव

५ बर्ष अगाडि

काठमाडा – क्यान्सरका बिरामीलाई मध्यनजर गर्दै धैर्य क्यान्सर फाउन्डेसनले चक्रपथमा ‘पियर सर्पोट प्रोग्राम फर क्यान्सर’ कार्यक्रमको आयोजना गरेको छ ।

फाउन्डेसनले शनिबार आयोजना गरेको कार्यक्रममा क्यान्सरका बिरामी तथा आफन्तहरु सहभागी भए । त्रि.वि. शिक्षण अस्पतालका डा. बिनिता ढुंगेल र डा. जिज्ञासा पौडेलको उपस्थितीमा भएको कार्यक्रममा सहभागीहरुले क्यान्सरका बारे प्रश्न तथा आफुले गरिहेको उपचार प्रक्रियाहरु जानकारी थिए ।

डाक्टरहरुले रोग लागि सकेपछि रोगले भन्दा पनि भावानात्मक असरले धेरै रोगी बनाउने बताउँदै तनाव कम गर्न सुझाव दिए । उनीहरुले त्यसका लागि तनाव कम गर्न व्यायाममा सुझाव दिए ।
स्विजरल्याण्डको ज्यूरिच हस्पिटलको आफनो भ्रमण क्रममा क्यान्सरका बिरामीलाई मेन्टल हेल्थमा ध्यान दिने बताउँदै फाउन्डेसनका अध्यक्ष टेरिसा तामाङले नेपालका  क्यान्सरका बिरामीहरुको लागि कार्यक्रम आयोजना गरिएको बताइन् । 

२०१७ मै म्याजी क्यान्सर सेन्टर, मेम्लिान क्यान्सर सेन्टर युके लगायतका नेपालकै अस्पतालहरु समेत भ्रमण तथा अनुसन्धान गरिसकेकी उनले भनिन,‘हामी प्राय क्यान्सर रोगीहरूको शारीरिक अवस्थामा मात्र ध्यान केन्द्रित गर्दछौं तर नेपाल जस्तो विकाशिल राष्ट्रमा क्यान्सर रोगीहरूको लागि मानसिक स्वास्थ्य सेवाको कमी छ ।’  

फाउन्डेसनले कार्यक्रममा सहभागीहरुलाई यातायत खर्च समेत दिए । फाउन्डेसनले यसअघि पनि क्यान्सरका विषयमा विभिन्न कार्यक्रम गर्दे आएको छ । 
 
 

५ बर्ष अगाडि

प्रतिक्रिया