एक करोडको घरको बीमा चार हजारमै हुने, आयो नयाँ निर्देशिका

५ बर्ष अगाडि

काठमाडौं – अब १ करोड रुपैयाँसम्मको घरको बिमा ४ हजार रुपैयाँमा हुने भएको छ । बिमा समितिले ल्याएको नयाँ निर्दे्शिकामा १ करोड रुपैयाँसम्मको घरको बिमा गर्दा वार्षिक प्रतिहजार ४० पैसामा बिमा शुल्क (प्रिमियम) तिरे पुग्ने भएको छ ।

बिमा समितिले माघ १ गतेदेखि सञ्चालनमा ल्याउन लागेको ‘सम्पत्ति बिमा तथा घर बिमा’ निर्दे्शिका लागू भएपछि प्रतिवर्ष ४० पैसामा बिमा हुने भएको हो । हुलदङ्गा तथा आतङ्कबाद जोखिम बाहेकको बिमा योजनामा समिटिने समितिले जनाएको छ । १ करोड रुपैयाँभन्दा बढीको घरको बिमा गर्दा त्योभन्दा बढी रकम लाग्ने बताइएको छ ।

यस्तै व्यावसायिक प्रयोजनका लागि निर्माण गरिएका घरको बिमा प्रतिहजार १ रुपैयाँमा हुने जनाइएको छ । यसअघि व्यावसायिक प्रयोजनका लागि बनाइएको घरको बिमा गर्दा वार्षिक प्रतिहजार १ रुपैयाँ ३९ पैसा लाग्ने गर्दथ्यो ।

समितिका अनुसार बैङ्कबाट ऋण लिएर बनाइएको घर तथा व्यापारिक हिसाबले बनाइएको घरलाई व्यावसायिक घरका रुपमा बिमा गरिने छ । बस्नका लागि मात्र बनाइएको घरलाई गार्हस्थ्य घरका रुपमा बिमा गरिने समितिले जनाएको छ । तर, माटो र ढुङ्गाबाट बनाइएको घरको बिमा शुल्क भने फरक हुनेछ ।

नयाँ बिमालेखमा अग्निजन्य, हावाजन्य, पानीजन्य, भूमिजन्य, खस्ने वा भासिनेसम्बन्धी, चट्याङजन्य, विस्फोटनजन्य, आकासीय सामग्रीजन्य, धक्का दिएर, छोएर, लडेर वा लागेर हुने, स्वजलन, हुलदङ्गा तथा आतङ्कबादजन्य, मिसाइल टेस्टिङ अपरेसनका कारणले भएको क्षतिलाई समेटिएको समितिले जनाएको छ

५ बर्ष अगाडि

प्रतिक्रिया