श्रृङ्खलाले रिजेक्ट गरिन्  ‘छक्का पन्जा ४’

५ बर्ष अगाडि

काठमाडौं – मिस नेपाल वल्र्ड श्रृङ्खला खतिवडाले फिल्म अफर रिजेक्ट गरेकी छन् । मिस नेपाल भएदेखि फिल्म अभिनय रुचिको बिषय नभएको बताउदै आएकी श्रृङ्खलाले ‘छक्का पन्जा ४’को अफर रिजेक्ट गरेकी हुन् ।
‘छक्का पञ्जा’ सिरिजकी निर्देशक दीपाश्री निरौलाले श्रृङ्खलालाई आगामी सिरिज अभिनय अफर दिएकी थिइन् । श्रृखलाले भने उक्त अफर अस्वीकार गरेकी छन् । 
नेपाल टेलिभिजनबाट प्रशारण हुने ‘मुन्द्रेको कमेडी क्लब’को हालैको एपिसोडमा श्रृङ्खला अतिथीको रुपमा पुगेकी थिइन् । उक्त शोमा शोकी अध्यक्ष दीपाश्रीले उनलाई फिल्म अफर दिएकी थिइन् । तर उनले दीपालाई अफरका लागि धन्यवाद दिँदै फिल्म अभिनय नगर्ने तर उक्त फिल्मको पहिलो शो हेर्न चाहिँ आफु पुग्ने बताइन् । 
मिस नेपालको ताज लगाएका धेरै फिल्म अभिनयमा आएका छन् । तर श्रृङ्खला भने यो मावलामा अरु भन्दा फरक देखिएकी छन् । ‘फिल्म मार्फत रिलको हिरोइन बन्नुभन्दा समाजसेवा मार्फत रियलको हिरोइन बन्ने रुचि आफ्नो रहेको छ ’ श्रृङ्खलाले भन्ने गरेकी छन्  
हालै सम्पन्न मिस वल्र्ड प्रतिस्पर्धामा टप १२ भित्र परेर बाहिरिएकी उनी यतिबेला देश तथा बिदेश सबै तिर लोकप्रिय छिन् । उनको यो लोकप्रियतालाई ध्यानमा राखेर फिल्म अफर दिनको भिड पनि  दिन प्रतिदिन बढ्दो छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया