भारतीय कम्पनीको ज्यादती अन्त्य, माथिल्लो तामाकोशीमा अष्ट्रेलियन कम्पनीले सम्हाल्यो काम

५ बर्ष अगाडि

काठमाडौं – भारतीय ठेकेदार कम्पनी टेक्सम्याकोका कारण आयोजनाको अवधि लम्बिदै गएपछि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले सो कम्पनलिे गर्दै आएको काम अष्टे«लियन कम्पनी एन्ड्रिजलाई दिने तयारी गरेको छ ।

राष्ट्रिय गौरवको आयोजननाको रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले पहिलेको कार्यतालिकामा यही पुस मसान्तसम्ममा आयोजनाको काम सक्ने र व्यवसायिक रुपमा नै विद्युत् उत्पादन गर्ने कार्यसूची बनाएको थियो । कार्यसूची अनुसार काम गर्न भारतीय कम्पनी असफल भएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत् प्राधिरकणले भारतीय कम्पनीको जिम्मेवारी हटाएर अष्ट्रेलियन कम्पनीलाई जिम्मा दिन लागेको हो । आयोजनाको लागत बढेर रु ७० अर्बको हाराहारीमा पुगेको छ । त्यसमा व्याज र अमेरिकी डलरको सन्तुलनमा देखिएको समस्या समेत जिम्मेवार देखिएको छ ।

सुरुमा आयोजनाको लागत रु ३५ अर्ब रहेकोमा पछिल्लो पटक संशोधिन लागत बढेर रु ७० अर्ब पुगेको छ । भारतीय कम्पनीले समयमा काम नगर्ने, दुःख दिने मात्रै नियत देखिएपछि ऊर्जा मन्त्रालयले केीह् समय पहिले ठेकेदार कम्पनीका कर्मचारी र उच्च अधिकारीलाई बोलाएर कार्यतालिका पेश गर्न निर्देशन दिएको थियो । कम्पनीले आयोजनाको माथिल्लो ठाडो सुरुङको काम  आफै गर्ने र तल्लो ठाडो सुरुङको काम भने अष्ट्रेलियन कम्पनीलाई दिने तयारी गरेको छ । मन्त्रालय र प्राधिकरणको निर्देशनअनुसार नयाँ व्यवस्थाका साथ काम गर्न खोजिएको आयोजनाले जनाएको छ ।

नयाँ व्यवस्थाअनुसार पाइप आयात र जडानको काम अब भने एन्ड्रिज हाइड्रोले गर्ने भएको छ । सोमबार ऊर्जा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा समेत ऊर्जा मन्त्री बर्षमान पुनले आयोजनाको काममा गत्यावरोध भएका कारण नयाँ व्यवस्था गर्न लागिएको बताएका थिए । आयोजनाको लागत बढ्दै जाने, समय समेत बढी लाग्ने भएपछि समयमै समस्याको पहिचान गर्दै उपयुक्त निर्णय गरिएको मन्त्री पुनले बताएका थिए । आयोजनाको पेनस्टकका माथिल्लो ठाडो सुरुङ ३१० मिटर र तल्लो ठाडो सुरुङ ३७३ मिटर रहेको छ । ती दुई वटा सुरुङको काम आधा मात्रै सम्पन्न भएको छ । भारतीय ठेकेदार कम्पनलिे पाइप आयातमा नै समस्या भएको भन्दै काम रोक्दै आएको थियो । पेनस्टकमा १९८ वटा पाइप  आवश्इक पर्दछ ।

त्यसमा आधा जसो सिन्धुपाल्चोकको सुनकोशीमा राखिएको छ । यस्तै केही पाइप विरगन्जमा रहेका छन् । विरगन्जबाट आयोजना स्थलमा पाइप पुर्याउन कम्तीमा पनि १५ दिन लाग्छ । त्यसका लागि ठूलो टेलर गाडी आवश्यक पर्दछ । टेक्सम्याकोको कारण आयोजनाको लागत र समय बढेका कारण सरकारले लिएको निर्णयलाई आफूहरुले कार्यान्वयन गर्ने आयोजनाले जनाएको छ । नयाँ व्यवस्था पछि एन्ड्रिज हाइड्रोले काम सुरु गर्ने तयारी गरेको छ । उसले आगामी कात्तिक अगावै काम सक्ने प्रतिवद्धता जनाएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया