खासमा उनीहरुलाई पृथ्वी होइन चन्द्रमाको तस्विर खिच्न पठाइएको थियो

५ बर्ष अगाडि

एजेन्सी – खासमा उनीहरुलाई पृथ्वी होइन चन्द्रमाको तस्विर खिच्न पठाइएको थियो । सन् १९६८को क्रिसमसको सँघारमा अन्तरिक्षयात्री सहित चन्द्रमाको लागि उडेको पहिलो मिसन यसको लक्ष्यमा पुगेको थियो । 

एपोलो ८ चन्द्रमाको कक्षमा प्रवेश गर्दै गर्दा रकेटमा सवार यात्रीहरु बाइबलको एक खण्ड ‘जेनेसिस’को अनुच्छेद पाठ गर्न ठिक्क परेका थिए । उनीहरुको सो पाठ संसारभरीका टीभीबाट प्रशारण हुदैं थियो । 
उनीहरुले आफू चढेको ‘कमाण्ड मोड्युल’बाट चन्द्रमाको टड्कारो खैरोको सतहको थोरै हिस्सा अगाडि अनन्त कालो पृष्ठभूमिमा एउटा उज्यालो नीलोमा छिर्के सेतो रंग भएको बस्तु देखे । 

५० वर्षको उक्त क्षणभन्दा अघि कसैले पनि ‘पृथ्वी उदय’ देखेको थिएन । आफू अघि उदाइरहेको पृथ्वी देखेपछि मिसनका फोटोग्राफर बिल एण्डर्स उनको क्यामरा मिलाउन हतारिए । उनले क्यामरामा ७० एमएमको रगिंन फिल्म रोल हाले, फोकसलाई अनन्त बनाए र टेलिफोटो लेन्सबाट फोटो खिच्न थाले । 

उनले त्यो बेला खिचेको तस्वीर इतिहास बदल्ने फोटोहरु मध्य एक बन्यो । वातावरण आन्दोलनहरुमा प्रेरक शक्तिको रुपमा लिइने यस तस्वीर पछि ‘अर्थ राइज(पृथ्वी उदय)’ को नामले परिचित भयो । 
यो तस्विरले धेरै मानिसको मनमा हाम्रो संसारलाई एक्लो, दुर्बल र जीवनदायिनी रहेको महसुस गरायो । 

‘कमाण्ड मोड्युल’ले त्यस अघि चन्द्रमाको फन्को लगाइरहदाँ एण्डर्सले भूगर्भविदको लागि भनेर चन्द्रमाको पृथ्वीबाट नदेखिने भागको फोटो खिचिरहेको थिए । साथमा नासाले चन्द्रमा मानिस ओराल्नको लागि बनाइरहेको योजनामा सहयोग हुने खालको तस्विरका लागि उनले चन्द्रमाको सतहको पनि नजिकबाट फोटो खिचिरहेका थिए (उक्त मिसनमा गएर यात्रीहरु चन्द्रमालाई चक्कर लगाएर मात्र फकिइएको थियो) । 

“मलाई छिट्टै चन्द्रमाको एउटै प्रकारको सतह धेरै बेर ध्यान दिदाँ बोर लागिसकेको थियो । त्यो कुनै मैलो समुन्द्र बलौटे किनार(बिच) जस्तो थियो, ” गार्डियनसँगको कुरामा एण्डर्सले भने ,“त्यसपछि हामीहरुको अगाडि अचानक पृथ्वी देखियो, त्यहाँबाट देखिएको रंगिन चीज त्यो मात्र थियो ।”

एपोलो ८ सन् १९६८ डिसेम्बर २१ मा केनेडी स्पेस सेन्टर फ्लोरिडाबाट चन्द्रमाको लागि उडेको थियो । ११० मिटरभन्दा अग्लो भिमकाय स्याटर्न पाचौं रकेटले त्यस अघि दुई पटक मात्र उडान भरेको थियो, त्यो पनि बिना कुनै क्रु सदस्यबीना । तर त्यो दिन रकेटले एउटा ठूलो उपलब्धी हासिल गरेको थियो । 

‘कमाण्ड मोड्युलभित्र एण्डर्स, फ्रान्क बोरम्यान र जेम्स लभेल रहेका थिए । उनीहरुलाई बोकेको रकेट पृथ्वीलाई दुई पटक घुमेर चन्द्रमातिर हुत्तिएको थियो । 

त्यसको तीन दिनमा रकेट चन्द्रमा पुग्यो र चन्द्रमालाई १० चक्कर लगायो । त्यसपछि उनीहरु पृथ्वीतर्फ फर्किएका थिए । उनीहरु रहेको ‘मोड्युल’ उत्तरी प्रशान्त महासागरमा खसेको थियो । 

‘अर्थराइज(पृथ्वी उदय)’को तत्कालै त्यस्तो असर देखिएन । तर विगतका वर्षहरुमा यसको दार्शनिक महत्व नासाले यसलाई एक हुलाकँ टिकटमा राखेकोबाट र टाइम र लाइफ म्यागजिनले यसलाई युग परिभाषित गर्ने तस्विरको रुपमा घोषणा गरेबाट अंकित भएको छ । 

“यसले यो प्रतिष्ठित स्थान प्राप्त गरेको छ ,” एण्डर्सले भने, “मानिसहरुले यसबाट हामीहरु कति दुर्बल ग्रहमा बस्दा रहेछौं र हामीहरुले यसको ख्याल गर्नुपर्छ भन्ने कुरामा सचेत भए ।”

तर यो तस्वीरले वातावरणीय आन्दोलनलाई मात्र सघाएन । आफूलाई ‘ शितयुद्धको उग्र लडाँकू’ ठान्ने एण्डर्स आफै पनि यसको मानवताको लागि सन्देश रहेको महसुस गर्छन्् । “यो हामीहरुको एउटै मात्र घर हो तर पनि हामीहरु आणविक हतियार र आत्मघाति भेस्ट देखाउदैं एकअर्कालाई तर्साउनमा व्यस्त छौं ,”एण्डर्सले भने , “यो देख्दा मलाई अचम्म लाग्छ ।”

उक्त तस्वीरले व्यक्तिगत रुपमा पनि एण्डर्सलाई बदलिदियो । “यसले मेरो धार्मिक विश्वासलाई पखालियो । पृथ्वी पादरीहरुले भनेको चीज वरिपरि घुम्छ र माथि हामीहरुले गरेको हरेक कुराको टिपोट भइरहेको छ भन्ने कुरा एक्कासी मेरो लागि अर्थहिन भए । म त नास्तिक भएँ ।”

५ बर्ष अगाडि

प्रतिक्रिया