मनाङ कीर्तिमानी आठौं पटक च्याम्पियन

५ बर्ष अगाडि

काठमाडौं । सिग्नेचर मनाङ मर्स्याङ्दी क्लबले पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको उपाधि जितेको छ ।

बिहिबार भएको खेलमा सीएमजी संकटा क्लबलाई ३ – १ गोल अन्तरले पराजित गर्दै मनाङ च्याम्पियन बनेको हो ।

योसंगै मनाङले कीर्तिमानी आठौं पटक 'ए' डिभिजन लिग फुटबलको उपाधि जितेको छ । मनाङले दुई खेल बाँकी रहदै उपाधि जितेको हो ।

एन्फा कम्प्लेस सातदोबाटोमा उपाधि जित्न एक जित आवश्यकता रहेको खेलमा मनाङले संकटालाई स्तब्ध बनाउदै उपाधि चुमेको हो ।

मनाङलाई जित दिलाउन विशाल राई, पुजन उपरकोटी र एडीलाजा सोमिडेले एक एक गोल गरे । संकटाका सेड्रिक अबाले एक गोल फर्काए ।

खेलमा मनाङका हेमन गुरुङ म्यान अफ दि म्याच चुनिए ।

जितसंगै मनाङले ११ खेलबाट ३३ अंक जोडेको छ । अपराजित मनाङले अब दुई खेल खेल्न बाँकी छ । दोस्रो स्थानको संकटाको २५ अंक छ ।

मनाङले पहिलोपटक २०४३ सालमा 'ए' डिभिजन लिगको उपाधि जितेको थियो । मनाङपछि आरसिटीले ६ पटक 'ए' डिभिजन लिग जितेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया