ग्राण्डी अस्पतालमा एनिभर्सरी स्पेशल स्वास्थ्य परिक्षण प्याकेज

५ बर्ष अगाडि

 

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले आफ्नो छैटौं बार्षिकोत्सबको अवसर पारेर एनिभर्सरी स्पेशल स्वस्थ्य परिक्षण प्याकेज अघि सारेको छ ।

मात्र रु. २०१९/-  दुइहजार उन्नाइस रुपैंयामा स्वास्थ्य परिक्षण गर्न सकिने ब्यवस्था सहित अघि सारिएको अफरमा स्वास्थ्य परिक्षणका लागि दुईवटा प्याकेजहरुको ब्यवस्था रहेको छ ।

पहिलो प्याकेजमा बोन मिनरल डेन्सिटोमेट्री- बिएमडी, फिजियो थेरापी तथा अर्थो कन्सल्टेशन समावेश गरिएको छ भने दोश्रो प्याकेजमा फास्टीङ ब्लड सुगर, लिपिड प्रोफाइल,युरिक एसिड,क्रियाटिनिन,एएलटी,हेमाटोलोजी प्रोफाइल (सिबिसि), युरिन रुटिन, इसिजी तथा चिकित्सकसँगको परामर्श समावेश गरिएको छ ।

यो स्वास्थ्य परिक्षण प्याकेज जनवरी महिनाको एक तारेख देखी १५ तारेखसम्म लागू हुनेछ ।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले आगामी जनवरी ३ तारेखकादिन आफ्नो छैटौं बार्षिकोत्सब मनाउँदैछ ।

५ बर्ष अगाडि

प्रतिक्रिया