बढ्ने भयो नेपालमा गाडीको मूल्य, यस्तो छ कारण

५ बर्ष अगाडि

काठमाडौं – भारतमा सन् २०१९ को पहिलो दिन देखि नै सवारी साधानको मूल्य वृद्धि हुने भएको छ । त्यसको प्रत्यक्ष असर नेपालमा समेत पर्ने देखिएको छ ।

भारत सरकारले लागू गरेको नयाँ नियमका कारण सवारी साधनको मूल्य वृद्धि हुन लागेको हो ।

विशेष गरी विलासी सवारी साधानको रुपमा मानिएको कारको मूल्य वृद्धि हुन लागेको छ । १ जनवरीदेखि अटो कम्पनहिरुले कारको मूल्य बढाउने तयारी गरेका छन् । सो बारेमा यस अघि नै जानकारी गराइएको थियो । त्यसमा टाटा मोटर्स, मारुती, निशान, फोर्ड, टोयटा र बिएमडब्ल्यू जस्ता कम्पनीले आफूले उत्पादन गर्ने सवारी साधानको मूल्य बढाउने तयारी गरेका छन् । 

टाटा मोटर्सले त सबै यात्रु वहान सवारी साधानको मूल्य ४० हजार भारतीय रुपैयाँले वृद्धि गर्ने घोषणा यसअघि नै गरेको छ । नेपालमा आयात हुने सवारी साधानको मूल्यमा समेत त्यसले प्रभाव पार्नेछ ।

भारतमा नै सवारी साधानको मूल्य बढेपछि नेपालमा त्यसको असर पर्नु स्वभाविक जस्तै हो । यस्तै भारतमा सवारी साधन दुर्घटनाको बीमा रकममा समेत वृद्धि हुनेछ । नयाँ व्यवस्थाअनुसार अब १५ लाख भारतीय मुद्रा हुनेछ । सवारी साधन धनी तथा ड्राइभरको निधन भएमा उनका परिवारले उक्त बीमा रकम प्राप्त गर्नेछन् । नयाँ नियमअनुसार अब सवारी साधानको बीमाका लागि ७५० भारतीय रुपैयाँको प्रिमियम तिर्नुपर्नेछ ।

सबै सवारी साधनमा एउटै बीमा तय गरिएको छ । कम्पनीले चाहेको खण्डमा बढी प्रिमियम तिरेर १५ लाख भन्दा बढीको कभर समेत ष्र्न सक्नेछन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया