पाँचथर पावर कम्पनीलाई आइपिओ बिक्रीको अनुमति

५ बर्ष अगाडि

 काठमाडौँ –  नेपाल धितोपत्र बोर्डले पाँचथर पावर कम्पनीलाई साधारण शेयर बिक्रीका लागि अनुमति दिएको छ ।

 बोर्डले सो कम्पनीलाई आयोजना प्रभावित पाँचथर जिल्लाका लागि नौ लाख ६२ हजार ५०० कित्ता साधारण शेयर बिक्रीका लागि अनुमति दिएको हो ।

 सो कम्पनीले १४ दशमलव ९ मेगावाट क्षमताको हेवा खोला जलविद्युत् आयोजना निर्माण गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित पाँचथरवासीलाई शेयर बिक्री गर्नेछ । दोस्रो चरणमा आम सर्वसाधारणलाई शेयर बिक्री गर्ने तयारी गरेको छ । इक्रा नेपालले सो कम्पनीको वित्तीय अवस्था सन्तोषजनक नभएको भन्दै ग्रेड चार रेटिङ दिएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया