टुरगाईड पारिश्रमिक २५ प्रतिशतले वृद्धि, नाट्टा र टुर्गानबीचको सम्झौता

५ बर्ष अगाडि

काठमाडौं – नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्रस (नाट्टा) र टुरिष्ट गाईड एसोसिएसन अफ नेपाल (टुर्गान) बीच लामो समयदेखिको टुरगाईड पारिश्रमिक विवाद अन्त्य भएको छ ।

स्वतन्त्र टुरिष्ट गाईडहरुको छाता संगठन टुर्गान र टुर तथा ट्राभल व्यवसायीहरुको संगठन नाट्टाबीच पारिश्रमिक बृद्धि गर्ने विषयमा सहमति भएपछि विवाद टुंगिएको हो । 

नाट्टाका अध्यक्ष सिएन पाण्डे र टुर्गानका अध्यक्ष केदार तामाङले सोमबार हस्ताक्षर गरेको समझदारी पत्रअनुसार यसअघिको पारिश्रमिक दर रेटमाथि २५ प्रतिशतले वृद्धि भएको छ ।  

टुर्गानले लामो समयदेखि टुर गाईडको पारिश्रमिक समयसापेक्षित बृद्धिको माग गर्दै आएको थियो । १ जनवरी २०१९ देखि लागु हुने गरी नयाँ पारिश्रमिक निर्धारण गरिएको हो । बृद्धि भएको पारिश्रमिक नाट्टा र टुर्गानमा आवद्ध सदस्यहरुको लागि लागु हुनेछ । पारिश्रमिक २ वर्षपछि परिमार्जन हुनेछ । 

यसअघि सन् २०१४ मा टुगाईड पारिश्रमिक वृद्धि गरिएको थियो । दुई संस्थाबीचको समझदारीले पर्यटनमा राम्रो सन्देश जाने र पर्यटन वर्ष २०२० लाई पनि सहयोग पुग्ने विश्वास लिईएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया