१५ करोड बराबरको आइपिओ बिक्री गर्दै चन्द्रागिरी केवलकार

५ बर्ष अगाडि

काठमाडौं – नेपालको व्यवसायिक घराना ग्लोबल आइएमइ समूहले सञ्चालनमा ल्याएको चन्द्रागिरी हिल्स लिमिटेडले सर्वसाधारणलाई शेयर बिक्री गर्ने तयारी गरेको छ ।

कम्पनीले जारी पूँजीको १० प्रतिशत बराबरको साधारण शेयर बिक्रीको तयारी गरेको छ । कम्पनीले रु १५ करोड बराबरको साधारण बिक्रीको तयारी गरेको छ ।

१५ लाख कित्ता शेयर बिक्रीको बारेमा आवश्यक निर्णय गर्ने तयारी गरिएको कम्पनीले जनाएको छ । कम्पनीको शेयर प्रतिकित्ता रु १०० मा नै खरिद गर्न पाइनेछ ।

कम्पनीले प्रवन्धपत्र तथा नियमावली संशोधन गरेर जारी पुँजी रु १ अर्ब ५० करोड निर्धारण गरेको छ ।

कम्पनीले यही पुस ३० गते आयोजना गरिएको नवौं साधारणसभामा साधारण शेयर बिक्रीको बारेमा आवश्यक प्रस्ताव लैजाने तयारी गरेको छ । साधारणसभाले पारित गरेपछि साधारण शेयर बिक्रीको प्रक्रिया अगाडि बढ्नेछ ।

काठमाडौंमा केवलकार आईएमई समूहलगायतको लगानी रहेको छ । सो केवलकार २०७३ सालदेखि सञ्चालनमा ल्याइएको हो । तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालले सोही वर्षको मंसिर ३० गते केवलकारको उद्घाटन गरेका थिए । केवलकार समुद्री सतहबाट २ हजार ५५१ मिटरको उचाइमा रहेको छ । केवलकारले काठमाडौँको पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुर्याएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया