सीमा मिचेर लगानी गरेपछि एनएमबी, लक्ष्मी, सीबीआईएल र एनआईसी एसिया क्यापिटललाई सेबोनको कारवाही

५ बर्ष अगाडि

काठमाडौं – नेपाल धितोपत्र बोर्डले सामूहिक लगानी कोष (म्युचअलप फण्ड) नियमावलीअनुसार काम नगरेको भन्दै विभिन्न चार क्यापिटललाई कारवाही गरेको छ । बोर्डले४ वटै क्यापिटललाई जरिवाना पनि गरेको छ ।

बोर्डका प्रवक्ता निरज गिरीकाअनुसार बोर्डले स्थलगत निरीक्षणका क्रममा व्यवस्थापकले प्रत्येक योजनाको रकम लगानी गर्दा बैंक निक्षेपमा कूल सम्पत्तिको १० प्रतिशतभन्दा बढी नहुने गरी लगानी गर्नुपर्ने सीमा भए पनि ती क्यापिटलले अधिक लगानी गरेको पाइएकाले कारवाहीस्वरुप जरिवाना गरिएको हो ।

लगानीको क्षेत्र अनुसारको सीमाभन्दा अधिक हुने गरी लगानी गरी धितोपत्रसम्बन्धी ऐनको व्यवस्था उल्लङ्घन गरेकाले जरिवाना गरिएको बोर्डको भनाइ छ । प्रवक्ता गिरीका अनुसार एनएमबी क्यापिटल लिमिटेड , लक्ष्मी क्यापिटल लिमिटेड, सिबीआईएल क्यापिटल लिमिटेडलाई जनही३५ हजार र एनआईसी एशिया क्यापिटल लिमिटेडलाई २५ हजार जरिवाना गरिएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया