हिमताल हाइड्रोको शेयर किनेको ६ महिना पछि मात्रै स्टकलाई जानकारी, किन लुकायो बुटवल पावरले खरिद प्रक्रिया

५ बर्ष अगाडि

काठमाडौँ पहिले पहिले जलविद्युत् आयोजनाको लाइसेन्स ओगटने र लामो समयसम्म काम नगर्ने प्रवृत्ति हावी हुन्थयो । आयोजनाको लाइसेन्स लिएर परियोजना ओगट्ने, नेपालको प्राकृतिक स्रोतको उपयोग गर्न नदिने प्रवृत्ति नेपालमा राम्रैसँग फस्टाएको थियो ।

पछिल्लो समयमा प्रवृत्तिमा थोरै बदलाव आएको छ । विगतमा सोझै कम्पनी खरिद गर्ने र दशौ. व्यक्ति वा संस्थालाई समेत आयोजना किनबेच हुने गरेको थियो । तर पछिल्लो पटक तरिका फेरेर नेपालको ऊर्जा उद्योगमा मनलाग्दी गर्ने प्रणालीको विकास भएको छ ।

प्रसंग हो , भारतीय कम्पनी जिएमआर र नेपालको हिमताल हाइड्रोको । भारतीय कम्पनकिो करिब ८५ प्रतिशत बढी हिस्सा रहेको माथिल्लो मस्र्याङदी जलविद्युत् आयोजनाको शेयर एकमुष्ठ रुपमा चिनियाँ कम्पनलिाई बिक्री गरियो । त्यसको व्यवसायिक दलालको रुपमा बुटवल पावरले भूमिका निर्वाह गर्यो । हिमतालको नाममा रहेको शेयर बुटवल पावरले खरिद गर्यो भने भारतीयको नाममा रहेको शेयर चिनियाँ कम्पनीले खिरिद गर्यो ।

विगतको तकिा बदलियो । तर प्रवृत्ति भने कायमै नै रह््यो । गत वैशाखमा नै खरिद बिक्री भएको आयोजनाको शेयरका बारेमा बुटवल पावर कम्प्नलिे मंगलबार मात्रै नेपाल स्टक एक्सचेञ्जलाई जानकारी गराएको छ ।

नेपालको नदी भारतीय कम्पनीले चिनियाँलाई बेच्यो त्यो पनि लामो समयसम्म होल्ड गरेर , नाफा कमाएर । लाइसेन्स बेच्न अख्तियारी दियो लगानी बोर्डले । बोर्डका अध्यक्ष प्रधानमन्त्ती हुने व्यवस्था छ । प्रधानमन्त्रीको अध्यतामा नै बसेको बोर्ड बैठकले नेपालको खोला भारतीय कम्पनीले चिनियाँ कम्प्नलिाई बिक्री गर्ने गरी अनुमति दियो ।

 सो बारेमा लामो समयसम्म गुपचुप राखियो । कोही कसैलाइर्ए जानकारी दिइएन । सार्वजनिक चासोका विषयमा समेत कुनै जानकारी नदिइ चुपचाप रुपमा खोला बिक्री भयो । तर त्यसको जानकारी मंगलबारमात्रै बुटवल पावर कम्पनीका प्रमुख कार्यकराी अधिकृत उत्तरकुमार श्रेष्ठले स्टकलाई गराएका छन् ।

माथिल्लो मस्र्याङको किनबेचका बारेमा संघीय संसदको अर्थ समिति र  सार्वजनिक लेखाम समितिमा समेत कुराकानी भयो । ती समितिमा राम्रै छलफल पनि भयो । अर्थ मन्त्रालय,  लगानी बोर्ड, ऊर्जा मन्त्रालयका पदाधिकारी निम्त्याए । तर छलफलबाट खासै ठोस निर्देशन दिइएन । निर्देशन दिने क्रममा नै रहेको ती समितिका सभापतिले बताएका छन् ।

नेपालको नदी जिम्मा लिने, आयोजना बनाउने प्रचार गर्ने र काम गर्न नसकेपछि नाफा कमाएरु शेयर संरचना नै बिक्री गरेर हिड्ने प्रवृत्ति मौलाउन थालेको छ । सांसदहरुले कानूनी प्रबन्धमा रहेको छिद्रको प्रयोग गरेर केही नापाmखोर कम्पनीले आफ्नो सिमित स्वार्थ सिद्ध गरेको संसदीय समितिको बैठकमा चकाृ कुरा गरेपनि निर्णय भने केही पनि गरेका छैनन् ।

बुटवल पावर कम्पनीले ६०० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी जलविद्युत् आयोजनाको १९ दशमलव चार प्रतिशत शेयर खरीद गरेको मंगलबार स्टकलाई जानकारी गरायो । कम्पनीले हिमताल हाइड्रोको नाममा रहेको शेयर खरीद गरेको र सोको जानकारी नेपाल स्टक एक्सचेञ्जलाई गराएको उसले पठाएको पत्रमा उल्लेख छ ।  

कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तरकुमार श्रेष्ठले हिमतालको नाममा रहेको छ लाख एक हजार ३०० कित्ता शेयर बुटवल पावरको नाममा कायम भएको स्टकलाई जानकारी गराउएका छन् । हिमताल हाइड्रो र भारतीय कम्पनीका नाममा रहेको सो आयोजनाको शेयर गत वैशाख २३ गते नै बिक्री भएकोसमेत प्रमुख कार्यकारी निर्देशक श्रेष्ठले स्टकलाई उपलब्ध गराएको पत्रमा उल्लेख छ । आयोजना लिने र काम नगरीकन शेयर स्वामित्व मात्रै बिक्री गर्दै आएको भन्दै संसद्को अर्थ समितिमा समेत सो विषयले प्रवेश पाएको छ । आयोजनाको काम अगाडि बढाउनुभन्दा शेयर स्वामित्व हस्तान्तरण भएको विषयमा अर्थ समितिले अर्थ मन्त्रालय, लगानी बोर्डलगायतका निकायसँग यसअघि नै छलफल गरेको थियो । 

५ बर्ष अगाडि

प्रतिक्रिया