कुन माइक्रोफाइनान्सले कति घोषणा गरे बोनस सेयर र नगद लाभांश (सूचीसहित )

५ बर्ष अगाडि

काठमाडौ– माइक्रोफाइनान्स कम्पनीहरुले बोनस सेयरसहित नगद लाभांशको घोषणा गरेका छन् । फ्रस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले १२.६३ प्रतिशत नगद लाभांश दिने भएको छ ।

यस्तै मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत बोनस सेयर दिँदा  ११.३२ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । बोमी माइक्रोफाइनान्सले २५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

यस्तै स्वरोजगार लघुवित्त वित्तीय संस्थाले २० प्रतिशत बोनस सेयर दिने भएको छ भने १.०५ प्रतिशत बोनस सेयर दिने भएको छ ।
समता माइक्रोफाइनान्सले ६.६५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गर्दा ७.३६ प्रतिशत नगद लाभांश दिने भएको छ ।

किसान माइक्रोफाइनान्स वित्तीय संस्थाले २९ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ भने १.५३ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

छिमेक लघुवित्त वित्तीय संसथाले १८ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । सूर्योदय लघुवित्त वित्तीय संस्थाले ४२.७५ प्रतिशत बोनस सेयर दिने घोषणा गर्दा २.२५ प्रतिशत मात्रै नगद लभांश दिने भएको छ । नेरुडे लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत बोनस शेयर र ५.७९ प्रतिशत नगद लाभांश दिने भएको छ ।

यस्तै समिट लघुवित्त वित्तीय संस्थाले २३.५३ प्रतिशत बोनस सेयरको प्रस्ताव गर्दा १.२४ प्रतिशत नगद लभांशको प्रस्ताव गरेको छ ।

त्यस्तै नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले २५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

त्यस्तै स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले २५ प्रतिशत बोनस सेयर र ११.८४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले २० प्रतिशत बोनस सेयर र २२.११ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । आरएसडिसी लघुवित्त वित्तीय संसथाले १० प्रतिशत बोनस सेयर घोषणा गर्दा नगद लाभांश भने ०.५३ प्रतिशत मात्रै गरेको छ ।

लक्ष्मी लघुवित्त वित्तीय संस्थाले बोनस सेयर दिएको छैन उसले मात्रै २६.३२ प्रतिशत नगद लाभांश मात्रै प्रस्ताव गरेको छ ।

विजय लघुवित्त वित्तीय संस्थाले १० प्रतिशत बोनस सेयर र ०.५२६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

नेपाल सेवा लघुवित्त वित्तीय संस्थाले बोनस सेयरको प्रस्ताव गरेको छैन । उसले मात्रै ५.२ प्रतिशत नगद लाभांश मात्रै प्रस्ताव गरेको छ । आरएमडिसी लघुवित्त वित्तीय संस्थाले १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

यसैगरी मिर्मिरे लघुवित्त वित्तीय संस्थाले २४ प्रतिशत बोनस सेयर १.२६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

सिभिल लघुवित्त वित्तीय संस्थाले ४ प्रतिशत बोनस सेयर र ३.८९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

नागबेली लघुवित्त विकास बैंकले ९.३८ प्रतिशत बोनस सेयर र ०.४९ प्रतिशत नगद लाभांशको प्रस्ताव गर्दा उन्नती माइक्रोफाइनान्स वित्तीय संस्थाले ४०.५ प्रतिशत बोनस सेयर र २.१३ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ ।

त्यस्तै एनमएमबी माइक्रोफाइनान्स वित्तीय संसथाले १५ प्रतिशत बोस सेयर र ०.७८ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ ।

महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाले मात्रै ८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गर्दा साना किसान लघुवित्त वित्तीय संसथाले २५ प्रतिशत बोनस सेयर र १.३१३  नगद लाभांश प्रस्ताव गरेको छ ।

यस्तै डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

नाडेप लघुवित्त वित्तीय संस्थाले ३० प्रतिशत बोनस सेयर प्रस्ताव गर्दा नगद लाभांश भने कुनै पनि घोषणा गरेको छ ।

कालिका लघुवित्त वित्तीय संस्थाले ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । मिथिला लघुवित्त वित्तीय संस्थाले १०.४५ प्रतिशत बोनस सेयर र ०.५४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ, ।

यस्तै फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाले २५ प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यस्तै माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाले २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया