सुनको भाउमा गिरावट

५ बर्ष अगाडि

काठमाडौं–बुधबार सुनको भाउमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलमा रु ५९ हजार ७०० मा कारोबार भएको सुनको भाउ बुधबार रु एक सय घटेर प्रतितोला ५९ हजार ६०० मा कारोबार भइरहेको हो । 
यस्तै बुधबार तेजावी सुन तोलमा रु ५९ हजार ३०० मा कारोबार भइरहेको छ । यस्तै चाँदी प्रतितोलमा रु ७४५ मा कारोबार भइरहेको छ । यसअघि मंगलबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया