अनलाईन शेयर कारोबार अब ग्लोबल आइएमई बैंकबाट

५ बर्ष अगाडि

काठमाडौं–ग्लोबल आइएमई बैंक नेप्सेको अनलाईन शेयर कारोबार प्रणालीमा आबद्घ भएको छ । 

यस मार्फत बैंकका ग्राहकहरुले स्वचालित प्रणालीबाट अनलाईन शेयर कारोबार गरी शेयर खरिद विक्रीबापतको रकम रकमान्तर तथा राफसाफगर्न सक्नेछन । 

यसै सम्बन्धमाबैंकले लगानीकर्ताहरुलाई अझ बढी सुविधाप्रदानगर्ने उद्घेश्यले “ग्लोबल शेयर लगानी बचत खाता”सञ्चालनमा ल्याएको हो। यस बचत खाताबाट लगानीकर्ताहरुले घरमै बसी सजिलै स्वचालित अनलाईन प्रणालीबाट शेयर कारोबार गर्न तथा शेयर खरिद विक्री बापतको रकम राफसाफ गर्न सकिने छ ।

 उच्चतम ब्यादर पाइने यस बचत खातामा निशुल्क भाईवर र मोबाइल बैंकिङ्ग, पहिलो वर्ष निशुल्क डिम्याट खाता, मेरो शेयर खाता र डेबिट कार्ड उपलब्ध हुने बैंकले जनाएको छ । यसका साथै आईपिओ र एफपिओ बारे जानकारी लिन मिल्ने एव्म आस्वा सुबिधा, इन्टरनेट बैंकिंङ्ग र चेक बुक निशुल्क पाइने छ । यस बाहेक लकर, क्रेडिड कार्ड र ऋण प्रोसेसिंगमा ५० प्रतिशत छुट पनि पाइने छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया