किन आइन् बलिउड अभिनेत्री जया पर्दा नेपालमा ?

६ बर्ष अगाडि

काठमाडौं– बलिउड अभिनेत्री जया पर्दा नीजि  भ्रमणको सिलसिलामा मंगलबार नेपाल आइपुगेकी छिन् । हिन्दु आराध्यदेव पशुपतिनाथको पुरानो भाकल रहेको र सो पूरा गर्नको लागि उनी नेपाल आएको बताइएको छ । 
नेपाल आएलगत्तै  मंगलबार पशुपति क्षेत्र विकास कोषमा पुगेर उनले पूजाविधिका बारेमा जानकारी लिएकी छिन् ।  
बलिउडमा संघर्ष गर्दाताका सफलताका लागि पशुपतिको भाकल गरेको र सो पूरा गर्नका लागि अहिले काठमाडौं आएको बुझिएको पशुपति क्षेत्र विकास कोषका सदस्य राजु केसीले जानकारी दिए । आज पशुपतिको अवलोकन भ्रमण गर्ने काम जया पर्दाबाट भएको र भोलि बिहान  विशेष पूजा गर्ने कार्यक्रम तय भएको केसीले जानकारी गराए ।  
पूजा गरेर उनी बुधबार  स्वदेश फर्किने बताइएको छ । 
जया पर्दाले मा, सन्जोग, औलाद, मावली, कामचोर, आज का अर्जुन, स्वराज से सुन्दरलगायत चार दर्जको हाराहारीका बलिउड फिल्ममा अभिनय गरेकी छिन् ।

६ बर्ष अगाडि

प्रतिक्रिया