पृथ्वी जयन्तीमा सरकारले देला सार्वजनिक बिदा ?

५ बर्ष अगाडि

काठमाडौँ–राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यही पुस २७ गते पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन सार्वजनिक बिदाको माग गरेको छ । 

धूम्रबराहीस्थित केन्द्रीय कार्यालयमा पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा आज बसेको बैठकले उक्त जयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउन पार्टीका प्रदेश, जिल्लालगायत सबै तहलाई निर्देशन दिएको नेता भुवन पाठकले जानकारी दिए । 

केन्द्रीय सदस्यहरु, विभागका प्रमुख र सदस्य सचिव र भ्रातृ सङ्गठनका अध्यक्ष र महासचिवको सहभागिता रहेको बैठकले वाइड वडी जहाज खरिद प्रकरणमा संसद्को सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले अनियमितता भएको ठहर गरेको विषयलाई गम्भीरतापूर्वक लिई तत्काल कारवाहीको प्रक्रिया अघि बढाउन सरकारसँग माग गरेको छ । 

आगामी फागुन १५ गतेदेखि ३० गतेसम्म राष्ट्रिय स्वाभिमानको जगेर्नाका लागि मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा गरिने बैठकले निर्णय गरेको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया