घलेम्दीको आइपिओ बिक्री सुरु

५ बर्ष अगाडि

काठमाडौँ – म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा आयोजना स्थल रहेको घलेम्दी खोला जलविद्युत् आयोजनाको प्रवद्र्धक घलेम्दी खोला हाइड्रो पावर कम्पनीले आजदेखि  गतेदेखि साधारण शेयर(आइपिओ) बिक्री सुरु गरेको छ ।

कम्पनीले रु १५ करोड ३३ लाख बराबरको १५ लाख ३३ हजार ७ सय ७० कित्ता साधारण शेयर (आइपिओ) बिक्री गर्न लागेको हो । सो कम्पनीको शेयर बिक्री प्रबन्धकमा भिबोर क्यापिटल रहेको छ । यही पुस १९ गतेदेखि बिक्री सुरु हुने आइपिओ छिटोमा पुस २३ र ढिलोमा माघ १८ गतेसम्म बिक्री गरिनेछ ।

कम्पनीको आइपिओमा न्यूनतम ५०  कित्ता र अधिकतम १० हजार कित्ता सम्म आवेदन  दिन सकिनेछ ।

घलेम्दी हाइड्रो प्रालिले म्याग्दीमा ५  मेगावाट क्षमताको आयोजना सञ्चालन गरिरहेको छ । धितोपत्र बिक्रीका लागि नेपाल धितोपत्र बोर्डले सो आयोजनालाई स्वीकृति दिएको छ । आयोजनाले केही समय पहिले आयोजना प्रभावित म्यादीवासीका लागि साधारण शेयर बिक्री गरेको थियो ।

कम्पनीले गत असार २२ गतेदेखि साउन २२ गतेसम्म आयोजना प्रभावित क्षेत्रका लागि पाँच लाख ५० हजार कित्ता साधारण शेयर बिक्री गरेको थियो ।

स्थानीय आयोजना प्रभावितलाई बिक्री गर्दा बाँकी रहेको आयोजनाले सर्वसाधारणलाई साधारण शेयर बिक्री गर्न लागेको हो । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा भिवोर क्यापिटल लिमिटेड छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया