शिवश्री हाइड्रोको आइपिओ पुस २७ देखि खुल्ने

५ बर्ष अगाडि

काठमाडौं – शिवश्री हाइड्रो पावर लिमिटेडले आगामी पुस २७ गतेबाट स्थानीयलाई शेयर बिक्री गर्ने भएको छ ।

कम्पनीले सिन्धुपाल्चोकमा निर्माणाधीन २२.२ मेगावाटको माथिल्लो चाकु ‘ए’ जलविद्युत आयोजनाप्रभावित स्थानीका लागि छुट्याइएको सेयर निष्कासन गरेर बाँडफाँड गर्न लागेको हो ।

निष्कासन हुने सेयर स्वपुँजी लगानीको १० प्रतिशत हो । पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र सिन्धुपाल्चोकबासीका लागि प्रतिकित्ता एक सय रुपैयाँमा रु १४ करोड ७६ लाख ४० हजार मूल्यको १४ लाख ७६हजार ४ सय कित्ता सेयर बाँडफाँड हुने कम्पनीका अध्यक्ष उमेश कसजुले बताए ।

उनका अनुसार न्युनतम ५० देखि अधिकतम ७ हजार ८ सय ३० कित्तासम्मका लागि स्थानीयले आवेदन दिन पाउने छन् । स्थानीय लगानीकर्ताले आगामी माघ ११ गतेसम्म जिल्लामा तोकिएका बैंक तथा वित्तीय संस्थामार्फत सेयर आवदेन दिनु पर्नेछ ।

सेयर निष्कासन गरेर बाँडफाँड गर्न नेपाल धितोपत्र बोर्डले गत पुस १० गते कम्पनीलाई स्वीकृति दिएको थियो । कम्पनीको सेयर निष्कासन गरेर बाँडफाँड गर्ने जिम्मेवारी सिद्धार्थ क्यापिटललाई दिइएको छ । दोस्रो चरणमा सर्वसाधारणका लागि आयोजनाको सेयर निष्कासन गरिने कम्पनीले जनाएको छ ।

सिन्धुपाल्चोकमा कम्पनीले निर्माण गरिरहेको आयोजना ९७ प्रतिशत पूरा भएको छ । आयोजनाबाट आगामी माघदेखि विद्युत उत्पादन गर्ने तालिका छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया