कानमा एयरफोन लगाउँदा हुन सक्छन् यस्ता वेफाइदा

५ बर्ष अगाडि

काठमाडैँ – एयरफोनको आवाजले बहिरोपन निम्त्याउन सक्ने अनुसन्धानकर्ता बताउँछन् । ठूलो आवाजका साथ एयरफोन सुन्दा कानको पर्दामा नकारात्मक असर पर्नसक्ने उनीहरुको भनाई छ ।

लामो यात्रामा होस् या अन्य काम गर्दा आजकाल युवादेखी बुढासम्मले एयरफोन लगाउने प्रचलन देखिन्छ । गीत सुन्न वा अन्य सहजताका लागि लगाइने एयरफोनले कतिपय अवस्थामा समस्या पनि निम्त्याउन सक्छ । पकेटमा संगितको आइप्याड कानमा एयरफोन यो एक फेसन जस्तै बनेको छ । संगीतको आनन्दमा झुम्न वा आफ्नो व्यक्तिगत फाइदाका लागि गरिने आनन्द जीवनभरका लागि सजाय बन्नसक्छ भन्ने कुरामा भने कसैले पनि ख्याल गरेको देखिदैन । 
एयफोनको आवाजले बहिरोपन निम्त्याउन सक्ने अनुसन्धानकर्ता बताउँछन् । ठूलो आवाजमा एयरफोन सुन्दा कानको पर्दामा नकारात्मक असर पर्नसक्ने अनुसन्धानबाट पुष्टि भएको छ ।

अनुसन्धानको नेतृत्तव गरेका बर्मिङ्घमा एण्ड उमन्स हस्पिटलका जोसेफ शरगोरोडस्ककार्डका अनुसार हालैका अध्ययनमा किशोरकिशोरीमा आएको सुन्ने क्षमताको कमी चिन्ताजनक छ । खासमा युवाहरु आफ्नो श्रवणशक्ति बहिरोपनको मुख्य कारण उल्लेख गरिएको छैन मोबाइल फोन र एयरफोन यसको कारक हो कि होइन भन्ने विषयमा अनुसन्धानकर्ताले अध्यायन गरिरहेका छन् । जोसेफ भन्छन्– बहिरोनिको खास कारण थाहा पाउन थप अनुसन्धान जरुरी छ ।

अनुसन्धानकर्ताका अनुसार अमेरिकामा किशोरमा बहिरोपनको समस्या बढी छ । २००५–०६ मा करिब बाइस प्रतिशत किशोर र सत्र प्रतिशत किशोरीमा बहिरोपनको समस्या बढेको छ ।

कानको हेरविचार कसरी
–कानलाई स्वस्थ राख्न शरीरका अन्य अंगजस्तै हेरविचार गर्नुपर्छ ।
–कहिल्यै पनि चाबी या फलामले नकोट्याउनुस् ।
–कानमा बढी समस्या भयो इन्फेक्सन भयो भने तत्काल चिकित्सकको सल्लाह लिनुपर्छ।
–ठूलो स्वरमा गीत नबजाउने या एयरफोनमा ठूलो आवाज लगाउनु हुदैन।

५ बर्ष अगाडि

प्रतिक्रिया