कमजोर वित्तीय अवस्था भएका जलविद्युत् कम्पनीको शेयर डुबाउँला है लगानीकर्तालाई

५ बर्ष अगाडि

काठमाडौं – शेयर बजारमा जलविद्युत् कम्पनीको शेयरको कारोवार बिजोक अवस्थामा रहेको छ । अधिकांश कम्पनीका शेयर घटेर तल्लो बिन्दुमा आइपुगेका छन् । कुनै पनि कम्पनी राम्रो छ भन्ने अवस्था छैन ।

साधारण शेयर बिक्री गरिरहेका कम्पनीको अवस्था समेत दूरुहपूर्ण रहेको  छ । प्रतिशेयर आम्दानी हेर्ने हो भने पनि बिजोग अवस्थामा रहेको छ ।

इक्रा नेपालले चालु आर्थिक वर्ष मात्रै आधा दर्जन बढी कम्पनीको वित्तीय अवस्थाको विश्लेषण गर्यो । यस्तै केयर नेपाल रेट्रिले पनि तीन कम्पनीको रेटिङ गर्यो ।

तर अधिकाशं कम्पनीको अवस्था खराब रहेको पाइएको छ । सरकारी स्वामित्वको चिलिमे जलविद्युत् कम्पनी बाहेक अन्यको अवस्था असाध्यै खराब रहेको छ । तर पनि साधारण शेयर बिक्रीका लागि अनुमति माग्ने प्रक्रिया भने घट्नुको साटो बढ्दै गएको छ ।

कारण धेरै भन्दा धेरै जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने चरणमा पुगेका छन् । नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका र दिने अवस्थामा पुगेको कम्पनीको संख्या मात्रै हेर्ने हो भने पनि अवस्था त्यत्ति राम्रो छैन ।

साधारण शेयर बिक्रीको तयारी गरिरहेका अधिकाशं कम्पनीको ग्रेडिङ चार वा पाँच भन्दा तल छैन । तर पछिल्लो दिनमा विभिन्न २५ कम्पनीले रु ४ अर्ब बढीको साधारण शेयर विबक्रीको तयारी गरेका छन् ।

नेपाल धितोपत्र बोर्डले कमजोर आर्थिक अवस्था भएका कम्पनीलाई साधारण शेयर बिक्रीको अनुमति नदिने बताएपनि हरेक साता जस्तो एक कम्पनीलाई साधारण शेयर बिक्रीको अनुमति दिएको छ । यसबाट लगानीकर्ताको लगानी डुब्ने अवस्था आउने सहजै अनुमान गर्न सकिन्छ ।

साधारण शेयर बिक्रीको तयारीमा रहेका कम्पनीमा युनिभर्सल पावर कम्पनी लिमिटेड, शुभश्री हाइड्रोपावर लिमिटेड र पाँचथर पावर कम्पनी रहेका छन् । पाँचथर पावरले त आज मात्रै सार्वजनिक आह्वानपत्र नै प्रकाशित गरेको छ ।

विभिन्न सात ७ जलविद्युत कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि तथा १० कम्पनीले सर्वसाधारमा साधारण शेयर बिक्री गर्ने अन्तिम तयारीमा पुगेका छन् ।

शिवश्री, युनिभर्सल र पाँचथरले भने आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइपीओ निष्कासनको सूचना प्रकाशित भइसकेको छ ।

शिवश्रीले रु १ अर्ब २५ करोड ४९ लाख ४० हजार र पाँचथरले ९६ करोड २५ लाखको साधारण शेयर निकट भविस्यमा नै बिक्री गर्ने तयारीमा छन् ।

युनिभर्सलले रु ९६ करोड ६१ लाख ६१ हजार बराबरको साधारण शेयर बिक्री गर्दैछ ।

बोर्डको तथ्यांक हेर्ने हो भने साधारण शेयर बिक्रीको अनुमति माग्दै १५ जलविद्युत् कम्पनी पुगेका छन् ।

अनुमति मागेका कम्पनीमा  साञ्जेन र रसुवागढी सरकारी लगानीका कम्पनी हुन् ।

त्यसमा  सिइडिबी हाइड्रो फन्डले २२ लाख ८९ हजार ३०० कित्ता, शुभम् पावरले ५ लाख ८० हजार ५८० कित्ता, रुरु जलविद्युत् परियोजनाले ४ लाख ७ हजार ७०५ कित्ता, भैरवकुण्ड हाइड्रोपावरले ३१ लाख ८३ हजार २८० कित्ता र हिमालयन ऊर्जा विकास कम्पनीको १४ लाख ८५ हजार कित्ता साधारण शेयर बिक्री गर्ने तयारीमा छन् ।

कमजोर कम्पनीको विश्लेषण गरेर अनुमति दिने बताएपनि बोर्डले धमाधम स्वीकृति दिएका कारण लगानीकर्ता डुब्ने सहजै देखिन्छ । तर उसले कमजोर कम्पनीलाई अनुमति नदिने बताउन पनि छाडेको छ

५ बर्ष अगाडि

प्रतिक्रिया