पाँचथर पावरको नौ लाख कित्ता आइपिओ पुस ३० देखि बिक्री हुने

५ बर्ष अगाडि

काठमाडौं –  पाँचथर पावर कम्पनीले यही  पुस ३० गतेदेखि कूल ९ लाख ६२ हजार ५०० कित्ता आइपिओ बिक्री गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र पाँचथर जिल्लाको फिदिम नगरपालिका, हिलिहाङ्ग र फालेलुङ्ग गाउँपालिकाका वासिन्दाको लागि शेयर बिक्री गर्न लागेको हो ।

कम्पनीले पाँचथर जिल्लाको हेवा खोलामा १४.९ मेगवाट क्षमताको आयोजना सञ्चालन गरको छ ।

कम्पनीले आज प्रकाशित गरेको आह्वानपत्रमा सो आयोजनाको प्रतिमेगावट लागत १७ करोड ५४ लाख रुपैयाँ रहेको जनाएको छ ।

केयर रेटिङ नेपालले गरेको रेटिङमा सो कम्पनलिे ग्रेड ४ पाएको छ । त्यो भनेको वित्तीइ अवस्था राम्रो छैन भन्ने हो ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाले पाँचथर जिल्लामा रहेको कृषि विकास बैंक, सेञ्चुरी बैंक, गुडविल फाइनान्स र कम्पनीको आयोजना स्थलबाट आवेदन दिन पाउने बिक्री प्रवन्धक सानिमा क्यापिटलले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया