जाडोमा मर्निङवाक गर्दा ख्याल गर्नुहोस् यी चार कुरा

५ बर्ष अगाडि


नियमित मर्निङवाक गर्ने बानी छ भने यो चिसोमा पनि पक्कै निरन्तरता दिनुभएकै होला । तर, चिसोमा मर्निङवाक गर्दा अन्य शारीरिक समस्या निम्तिन सक्छ । त्यसैले, केही विषयमा ध्यान दिनुपर्छ :

कपडा
जाडोमा मर्निङवाक गर्दा लगाउने कपडामा ख्याल पु¥याउनुपर्छ । गर्मी मौसम र जाडोमा लगाउने कपडा फरक हुनैपर्छ । चिसोको असरबाट जोगिन र असहज पनि हुन नदिन न्यानो र हल्का खालका कपडा लगाउनुपर्छ । शरीरभित्र हावा छिर्न नदिने कपडा हुनुपर्छ । जाडो मौसममा दौडिँदा शरीरलाई जतिसक्दो बाफिन दिनुपर्छ ।

जुत्ता
दौडिँदा जुत्तामा विशेष ख्याल गर्नुपर्छ । दौडिँदा पहिलो दबाब गोडामा पर्ने भएकाले लगाउने जुत्ता नै उपयुक्त रोज्नुपर्छ । दौडिँदा सहज हुने, शरीरलाई ब्यालेन्स गर्ने, नचिप्लिने, गोडामा असर नगर्ने, नसा नदुख्ने तथा लगाउँदा हल्का महसुस हुने जुत्ता लगाउनुपर्छ ।

समय
जाडोमा मर्निङवाक गर्न सात बजेपछिको समय उपयुक्त हुन्छ । बिहान धेरै चिसो हुने भएकाले केही ढिलो सुरु गर्नुपर्छ । पायक पर्छ भने त घामको प्रकाश पर्ने स्थानलाई मर्निङवाकको गन्तव्य बनाउनु उपयुक्त हुन्छ । बिहान सातदेखि नौ बजेसम्मको समय जाडोमा मर्निङवाकका लागि उपयुक्त हुन्छ ।

छालाको सुरक्षा
चिसोले पूरै स्वास्थ्यमा असर गर्न सक्छ । स्किनमा पनि चिसोको असर पर्न सक्ने भएकाले अनुहारमा स्किन प्रोटेक्सन क्रिमहरू प्रयोग गर्न सकिन्छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया