जापानका एक अर्बपतिको ट्वीट, जसले संसार हल्लाइरहेको छ

५ बर्ष अगाडि

काठमाडौं– जापानका एक बिलिनियरको एक टवीटले यतिखेर संसार हल्लाइरहेको छ । उनको पछिल्लो एक ट्वीट पछिल्लो ३ दिनमा मात्रै ४९ लाख पटक रीट्वीट भएको छ भने १२ लाख भन्दा बढी लाइक पाएको छ ।

यूसाकू माएजावा जापनाको एक अनलाइन फेशन स्टोरका प्रमुख कार्यकारी अधिकृत हुन् । उनी जापानका १८ औं ठूला धनी व्यक्ति पनि हुन् ।

उनले रिुट्वीट गर्ने १००  भाग्यशाली विजेतालाई ६।४ करोड बराबरको इनाम दिने घोषणा समेत गरेका छन् । उनले ५ जनवरीको दिन एक ट्वीट गरेका छन् । उनले उक्त ट्वीटलाई रिट्वीट गर्ने र फलो गर्नेलाई इनाम दिने घोषणा गरेका छन् ।

ट्वीटरमा उनको ५४ लाख बढी फलोअर रहेकाछन् । उनले एक आश्चर्यजनक रुपमा  एक व्यक्तिको म्यारिकेचर गरेको ट्वीट गरेका  थिए । उनको ट्वीटर  ह्याण्डल २थयगकगअप२०२० रहेको छ ।

यस भन्दा पहिले अमेरिकका एक कलेजका विद्यार्थी कार्टर बिलकिसनको नाममा सबैभन्दा बढी रिट्वीट भएको रेकर्ड थियो । विलकिंसनले २०१७ मा फ्रास्ट फुडमा निशुल्क चिकेन मिसिएको एक खाना लिनका लागि लामवद्ध भएका नागरिकको फोटो राखेर रिट्वीट गर्न भनेका थिए । उनको ट्वीट ३५०००८ पटक रिट्वीट भएको थियो । यस्तै ९ लाख ९० हजार लाइक पाएको थियो ।

यस्तै सन् २०१४ मा एलेन डिजेनेरसले हलिउडका कलाकार बा०ड पिट र एन्जोलिना जोलीको साथ २०१४ को ओस्कर सेल्फीले ३३ लाख पटक रिट्वीट भएको थियो ।

जापनाी बिलिनियरको ट्वीटका कारण सपिङ साइट जोजोटाउनले सन् २०१९ को नयाँ वर्षको अवसरमा मात्रै १० अर्ब ऐन बराबरको कारोवार भएको छ । ४३ वर्षीय व्यापारीको कूल नेटवर्थ मात्रै १२ हजार करोड भारतीय मुद्रा बराबरको रहेको छ । ब्लूमवर्गकाअनुसार टोकियोमा जोजोको सेयर मात्रै ६।९ प्रतिशतले वृद्धि भएको छ ।

माएजावाको साथमा पिकासोको असली पेन्टिङ रहेको छ । यस्तै चन्द्रामा जाने एलन मक्स रकेटको टिकट समेत रहेको छ । गत वर्ष उनले उत्तः टिकट लिएका थिए । उनले सन् २०२३ मा चन्द्रमामा जाने पहिलो यात्री हुनेछन् । उनी कुनै चिनिएका नाम भने थिएनन् , तर एक ट्वीटले उनलाई विश्वकै सेलीब्रटी बनाइदिएको छ । उनले सन् २०१७ मा माइकल बासक्वेटको एक पेन्टिङ ७७० करोड भारतीय रुपैयाँमा खरिद गरेका थिए । 

५ बर्ष अगाडि

प्रतिक्रिया