उपचारका लागि लन्डन पुगेका इरफानले यस्तो लेखे भावुक

६ बर्ष अगाडि

 

लन्डन – अभिनेता इरफान खान अहिले न्युरो एन्डोक्राइन ट्युमर रोगसँग लड्दै छन् । यो रोगको उपचारका लागि उनी अहिले लन्डन पुगेका छन् । लन्डनबाट उनले इस्टाग्राममा एक तस्बिर शेयर गर्दै भावानात्मक म्यासेज समेत लेखेका छन् ।
‘भगवान हामी सबैसँग बार्ता गर्दछन् । उनले हामीलाई बनाएका हुन् ।  रातको अन्धकारमा पनि हाम्रो साथमा रहने गर्दछन् ।’ उनले अगाडी लेखेका छन् ‘जीवनमा राम्रो नराम्रो जे पनि हुन्छ । त्यसलाई हुन दिनु पर्छ । किनभने यो भावना अन्तिम होइन । यसको आसपासमा जे छ । त्यो नै जिन्दगी हो ।’ उनले जिन्दगीको बारेमा आफुलाई गम्भिर रुपमा थाहा भएको समेत उल्लेख गर्दै फ्यानको साथ अहिले चाहेको उल्लेख गरेका छन् ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया