कस्तो कपालमा कुन तेल कसरी प्रयोग गर्ने ?

५ बर्ष अगाडि

स्वस्थ र सुन्दर कपालका लागि तेल आवश्यक छ । चिसो मौसममा विशेषगरी मानिसले कपालमा तेल लगाउने वा तेल मसाज गर्ने गर्छन । कतिपय अवस्थामा कस्तो कपालमा कसरी तेल लगाउने भन्ने आइडिया नहुँदा स्वस्थ कपाल बन्नुको साटो असरसमेत गर्नसक्छ । महिलाका लागि प्यारो कपाल सानो मिस्टेकले सुन्दर हुनुको साटो कुरुप पनि हुनसक्छ तर कपालमा तेल लगाउने तरिका पनि हुन्छ । कपाल अनुसार फरक फरक तेल आवश्यक पर्न सक्छ । तेल कसरी प्रयोग गर्ने ? यसबारेमा जानीराखौँ ।

–कस्तो कपालमा कुन तेल लगाउने भन्ने पाटो महत्वपूर्ण हुन्छ । सबै तेलको प्रयोग फाइदा जनक हुँदैन । तेलका कारण कुनै साइड इफेक्ट नभए पनि नतिजा सकारात्मक नदिएपछि तेल लगाउनुको अर्थ नै रहँदेैन । त्यसैले सुरुमा आफ्नो कपालको क्वालिटी बुझ्नुहोस् र तेल रोज्नुहोस् ।

–ड्राई अर्थात् सुख्खा कपाल छ भने नरिवलको तेल लगाउनु राम्रो हुन्छ । नरिवलको तेलले कपालको सुक्खापन कम गराएर नरम बनाउन भूमिका खेल्छ । मुख्यतया कलरिङ् गरिएको कपाललाई नरिवलको तेलले फाइदा गर्छ किनभने यो कपाल सुक्खा हुन्छ ।

–कलरिङ् नगरीएको कपाल पनि ड्राई हुन्छ । नर्मल ड्राई कपालमा ओलिभ र तोरीको तेल लगाउनु राम्रो हुन्छ।

–ड्राई नभएको नर्मल कपाललाई बिग्रिन नदिन तथा स्वस्थ राख्न पनि तेल लगाउनुपर्ने हुन्छ ।हप्तामा एक दुइपटक नर्मल कपालमै पनि ओयल मसाज गर्नु फलदायी हुन्छ । नर्मल कपालका लागि आलमोन्ड ओयल उपयुक्त हुन्छ ।
–कपाक्पालको क्वालिटीअनुसार तेल रोजेरमात्रै पुग्देैन । कपालमा तेल कति समय राख्ने भन्ने कुराले पनि अर्थ राख्न स्काल्प बढी ङ्गाई भएका व्याक्तिले रातभर कपालमा तेल राखेर भोलिपल्ट बिहान नुहाउँदा ठीक हुन्छ ।

–टाउकाको छालामा कुनै समस्या छ माइग्रेन छ भने रातभर तेल लगाएर छाड्नु हुँदैन । यसले नकारात्मक असर गर्न सक्छ । खास त टाउको दुख्ने समस्या निम्त्याउन सक्छ ।

–सामान्यता तेल लगाएको दुइ तीन घन्टासम्म रहन दिएर टाउको पखाल्दा पर्याप्त हुन्छ । यो जुनसुकै प्रकृतिको कपालमा पनि लागू हुन्छ ।

–धेरै तातो तेलले कपालमा मसाज गर्नुहुँदैन । तेल राम्रोसँग तताउने तर मनतातो बनाएर लगाउनुपर्छ । तातो तेलले कपालको जरा कमजोर बनाउने तथा कपाल नै फेड गराइदिन्छ । 

–नुहाउनुअघि टाउकोमा मसाज गर्न बाक्लो खालको तेल लगाउनुपर्छ । कपालको जरैसम्म भिज्ने गरी औलाले खेलाउँदै तेल लगाउनुपर्छ । तेल लगाइसकेपछि महिलाले लामो कपाललाई हल्का पोको पारेर राख्नुपर्छ ।

–नुहाएपछि पनि कपालमा तेल लगाउने हो भने ननस्टिकी आयल रोज्नुपर्छ । नुहाएपछिको कपालमा पातलो खालको तेल आवश्यक पर्छ । यसवेला बाक्लो खालको तेल लगाउन हुँदैन । 
 बाक्लो तेल लगाउँदा बढी चिप चिप हुने र अनुहारसम्म लतपतिने हुन्छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया