कति वटा सम्म केरा खान हुन्छ ?

५ बर्ष अगाडि

केरा धेरै खाँदा पेट दुख्छ, पेट बटारिन्छ अनि आन्द्रामा समस्या आउँछ, धेरै केरा एकै चोटी खान हुन्न  ?

यस्तो तपाइले पनि सुन्नु भएकै होला । साँचो के हो ?

केरा संसारका अधिकांश मानिसले मन पराउने फलमा पर्छ । भिटामिन अनि मिनरल्सको अधिक मात्रा केरामा पाइन्छ । यस्तो फलदायी फल त शरिरको लागि राम्रो हुनु पर्ने हैन र ?  तर किन केरा धेरै खादा राम्रो हुन्न भन्छन् त ?

केरामा पोटासियम पनि पाइन्छ। बढी केरा खाँदा शरिरमा पोटासियमको खतरनाक स्तरसम्म पुग्छ। यो पोटासियम कसरी खतरनाक हुन्छ ?

पोटासले कोषहरुलाई सहि ढंगले संञ्चालन गर्न मद्दत गर्छ । प्रत्येक कोषमा पाइने पोटास बाँच्नको लागि निकै महत्वपुर्ण हुन्छ। यसले मुटुको गतिलाई पनि स्थिर राख्न मद्धत गर्छ। साथै रगतमा हुने सुगर र रक्तचापलाइनै नियन्त्रण गर्न निकै सहयोगी हुन्छ पोटास ।

के हुन्छ खतरा ?
यदि शरीरमा पोटाशियमको स्तर धेरै बढे वा निकै कम भए मुटुको चालमा अनियमितता आउँछ, साथै पेट दुख्ने, पखाला लाग्ने पनि हुन जान्छ ।

अमेरिकामा पोटासियम क्लोराइडलाई मृत्युदंण्ड दिने समयमा मानिसमा प्रयोग गरिन्छ, जसले मुटुको चालमा अनियमितता ल्याइ ज्यान जानेसम्म गराउँछ ।

केरामा भएको पोटासियमको मात्रा हेर्नेहो भने दैनिक करिब ४०० केरा खाँदा पनि मर्ने सम्भावना कमै हुन्छ। ४०० केरा, ६ हैन । ४००-५०० त अन्य फल खाए पनि पेटले धान्न नसकेर समस्या भने आउनसक्छ ।

केरा स्वास्थ्यको लागि निकै फाइदाजनक फल हो। केरा धेरै खाए बिरामी भइन्छ भन्ने सावित गर्ने कुनै आधार छैन । अत्याधिक धेरै त पानीले पनि हानी गर्छ।

ब्रिटेनको राष्ट्रिय स्वास्थ्य सेवाको अनुसार एक वयस्कलाई दैनिक ३५०० मिलीग्राम सम्म पोटासको आवश्यकता पर्छ ।

एउटा औसत केराको तौल यदि १२५ ग्रामसम्म हुन्छ भने त्यसमा करिब ४५० मिलीग्राम सम्म पोटासशियम पाइने गर्छ ।

यसरी हेर्दा एक स्वस्थ व्यक्तिले साढे सात केरा खाए पोटासियमको स्तर बढ्ने देखिन्छ। तर यो बढ्ने बित्तिकै खतरनाक नै भइहाल्ने भन्ने होइन । जसको दैनिक भोजनमा पोटासियमको मात्रा बढी छ उसले थौरै ध्यान पुर्याउदा राम्रो ।

के छ केरा को फाइदाः
दिमागमा सेरोटोनिनको मात्रा बढाउन केरामा पाइने ‘ट्रिपटोफान’ जिम्मेवार हुन्छ। सेरोटिननले दिमागको खुसी हुने न्युरोट्रान्समिटरलाई सक्रिय गर्छ ।

रगतमा हुने सुगर लाई नियन्त्रण गर्छ ।
पिसाबसंग क्ल्यासियम बाहिर जाने सम्भावना कम गर्छ जसले शरीरको हड्डी बलियो बनाउन मद्धत गर्छ ।

तौल घटाउन मद्धत गर्छ, साथै स्नायु प्रणाली मजबुद बनाउँछ ।

रक्तचाप लम गर्न मद्धत जसले हृदयघातको सम्भाबना मा कमी ल्याउँछ ।

५ बर्ष अगाडि

प्रतिक्रिया