प्रियंका र कार्टुन्ज क्रुको ‘माछीले खाने’लाई करोड दर्शक

६ बर्ष अगाडि

काठमाडौं – अभिनेत्री प्रियंका कार्की र कार्टुन्ज क्रुका सरोज अधिकारी र आश्मा बिश्वकर्माको अभिनय रहेको गीत ‘माछीले खाने खोलीको लेउ’ले एक करोड बढी दर्शक पाएको छ । 
बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण टीमले गीतको सफलताको खुसी सबै माझ साटेको हो । कार्यक्रममा केक समेत काटिएको छ । १ महिना अघि युट्युबमा अपलोड गरिएको यो गीतको भिडियोलाई ६८ हजार लाईक र ३५ सय ६३ कमेन्टहरु आएका छन् । भिडियोले ६ हजार डिसलाईक समेत पाएको छ ।
सरोज ओली र मेलिना राईको स्वरमा रहेको गीतमा बसन्त सापकोटाको संगीत र दिनेश थपलियाको शब्द छ । 
कार्यक्रममा गायक सरोज ओलीले गीतबाट एक महिनामा ४ लाख रुपैयाँ कमाएको बताए । गीतलाई एक करोड भ्युज पुर्याई दिने दर्शक प्रति आभार ब्यस्त गर्दै ओलीले आफुलाई साथ दिने दर्शक तथा मिडियाकर्मीहरुलाई धन्यवाद समेत दिए । कार्यक्रममा गायक ओलीले ‘पानी कुवाको’ बोलको नयाँ गीत अबको केहि सातामा नै सार्वजनिक जनाकारी दिए ।

६ बर्ष अगाडि

प्रतिक्रिया