डिस होमले पनि बेच्ने भयो आइपिओ, यस्तो छ तयारी

५ बर्ष अगाडि

काठमाडौं –  डिस मिडिया नेटवर्कले सर्वसाधारणमा शेयर जारी गर्ने भएको छ । त्यसका लागि कम्पनीले वार्षिक साधारणसभाको आयोजना गरेको छ । कम्पनीले बिहिबार साधारणसभा गर्ने भएको छ ।

९औँ बर्षअघि स्थापना भएको डिसहोमले सर्बसाधारणलाई १० प्रतिशत शेयर जारी गर्ने तयारी गरेको छ। कम्पनीले प्रिमियम मूल्य राख्ने नराख्ने बारे केही बताएको छैन ।

कम्पनीले संचालनमा आएको ९ वर्षको अवधिमा ४ अर्ब १० करोड ९१ लाख २ हजार १३ रुपैयाँ कर बुझाएको जनाएको छ।

कम्पनीले ८७ करोड २० लाख ११ हजार ७८ रुपैयाँ भन्सार, ग्राहकबाट संकलित भ्याट २ अर्ब ५२ लाख २२ हजार २ सय ९५ रुपैयाँ, रोयल्टी १९ करोड ३५ लाख ४६ हजार ४ सय ५४ रुपैयाँ, लाइसेन्स र नवीकरणतर्फ ४ करोड ६८ लाख तीन हजार तीन सय ३४ हजार, आयकर ४५ करोड ३० लाख १७ हजार ४ सय रुपैयाँ र ग्राहकबाट संकलित टिडिएसतर्फ ५३ करोड ८५ लाख १ हजार ६ सय ५१ रुपैयाँ बुझाएको जनाएको छ।

कम्पनीले चुक्ता पूँजी बढाउन शेयर जारी गर्न लागेको हो। साधारणसभाले प्रस्ताव स्वीकृत गरेपछि कम्पनीले उद्योग विभाग र नेपाल धितोपत्र बोर्डको स्वीकृति लिनु पर्छ।

५ बर्ष अगाडि

प्रतिक्रिया