जाडोमा तातोपानीले नुहाउनु हुन्छ ? साबधान !

५ बर्ष अगाडि

जाडो मौसममा पानी भन्ने बितिक्कै रौ ठाडो हुन्छ  । अझ चिसो पानी भन्यो भने त डर लाग्छ । त्यसैले पनि धेरैले लामो समय जिउ नुहाउदैनन् र नुहाउनेले पनि पानी तताएर नुहाउने गर्छन । तर तपाईलाई थाहा नहुन सक्छ तातो पानीले नुहाउन केही बेफाइदाहरु पनि छन् ।

धेरै तातो पानीको प्रयोगका कारण तपाईको छाला पनि जल्न सक्छ । तातो पानीले नुहाउदा शरिरको माथिल्लो भागमा रहेको ओयली लिअर हट्न जान्छ । जसले शरिरको सौन्दयर्ता सन्तुलन राख्न मदत गर्छ ।

यसको कमीमा संक्रमण हुन पनि सक्छ । यस्तो अवस्थामा तातो पानीले नुहाउने तरिका जान्नु उपयोगी हुन्छन् । अधिक तातो पानीले नुहाउनु उचीत हुँदैन । नुहाउनका लागि मनतातो पानी प्रयोग गर्नुहोस् । यदी तातो पानीले नुहाउने बानी छ भने समयको ख्याल गर्नुहोस् । धेरैबेर तातो पानीले ननुहाउनुहोस् ।

साबुनको प्रयोग गरेर नुहाउनु उत्तम हुँदैन । ओयल केन्द्रित रहेर बनाएका साबुन प्रयोग गर्नुहोस् । नुहाउनुपुर्व प्राकृतिक तेल लगाउनुहोस् । नुहाएपछि पनि यसले शरिरलाई रुखो बनाउने काम गर्छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया