सरकारले विदेशी नागरिकमाथि निगरानी राख्ने

५ बर्ष अगाडि

नेपाल आएका विदेशी नागरिकले खुलेआम यौनजन्य गतिविधि गरिरहेको समाचार बाहिर आएपछि अध्यागमन विभागले उनीहरुको नेपाल बसाईमाथि कडा निगरानी राख्ने योजना अघि सारेको हो ।

 काठमाडौंमा पत्रकार सम्मेलन गरी विभागमा महानिर्देशक ईश्वरराज पौडेलले विदेशी नागरिहरुका अबाञ्छित गतिविधि नियन्त्रण गर्न उनीहरु बस्ने होटलमा समेत कडा निगरानी राख्न लागिएको जानकारी दिनु भयो ।


विभागले अबाञ्छित गतिविधिमा संलग्न ११ जना नागरिकलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको पनि जनाएको छ । महानिर्देशक पौडेलले ६ महिनायता नेपालमा चेलिबेटी बेचबिखन घटेको पनि जानकारी दिनु भयो । उहाँले मानव तस्करी हुन नदिन नेपाल प्रहरीले छुट्टै व्यूरो स्थापना गर्न लागेको उल्लेख गर्दै त्यससँग सहकार्य गरेर विभागले मानव तस्करी नियन्त्रणको कामलाई अझ प्रभावकारी बनाउने पनि बताउनु भयो ।

विभागले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको स्तरोन्नतिको कामलाई तीव्रता दिइएको पनि जनाएको छ । महानिर्देशक पौडेलले सरकारले सो विमानस्थललाई बुटिक विमानस्थलको रुपमा विकास गर्ने योजना अघि सारेकाले त्यसको स्तरोन्नतिको कामलाई विभागले तीव्रता दिएको पनि स्पष्ट पार्नु भयो ।

५ बर्ष अगाडि

प्रतिक्रिया