खर्चलाई कसरी व्यवस्थापन गर्ने ?

५ बर्ष अगाडि

काठमाडौँ – बढ्दो महँगाीले जो कोहीलाई पनि तनाव हुनसक्छ । नेपालको आर्थिकरुपले सबल एवम सक्षम हुन सहज छैन । यस्तो अवस्थामा अझ घर परिवार तथा व्यवहार चलाउने कुरा धेरैलाई निकै चुनौती बन्नसक्छ । यो समस्या नेपालमामात्र नभएर विश्वभरका मानिसको हो । जसले गर्दा तनावपूर्ण जीवन झेल्न मानिस बाध्य छन् । सिमित बजेटले असिमित आवश्यकता पुरा गर्नुपर्ने बाध्यता हुन्छ । त्यसैले केही उपाय यहाँ प्रस्तुत गरिएको छ ।

–आम्दानीको स्रोत र खर्चको शीर्षक पहिल्याउनुहोस् ।कहाँबाट कति आम्दानी र कति खर्च हुन्छ, मोटामोटी हिसाब गर्नुहोस् र भइपरी आउनसक्ने कामलाई पहिल्याउनुहोस् ।

–थोरै भए पनि बचतको भाग छुट्टयाउनुहोस् । जसले भइपरीको बेलामा सकयोग पुग्नेछ ।

–तिर्नुपर्ने छ भने तिरिहाल्नुहोस्, जसले तपाईलाई थप आथिक बोझ कम हुनेछ । साथै आफूले लिनुपर्ने भने पनि लिने बानी गर्नुहोस् ।

–नियमित हुने कमाइभन्दा बढी पैसा कहीँबाट आयो भने त्यसलाई आकस्मिक कोष बनाएर राख्नुहोस् ।

–जागिर खानुहुन्छ भने थोरै तलब भए पनि समयमा तलब दिने कार्यालयमा काम गर्नुहोस् । व्यापारको हकमा उठाउनुपर्ने ठाउँमा समयमै पैसा उठाउने प्रयत्न गर्नुहोस् ।

–पैसा खर्च गर्ने बेलामा सोचेर सम्झेरमात्र गर्नुहोस् । अतिआवश्यक सामाग्रीलाई विशेष प्राथामिकतामा राख्नुहोस् ।

–घरमा बालबालिका छन् भने उनीहरुको शिक्षाका लागि पनि योजना बनाउनुहोस । उनीहरुको शिक्षामा लाग्ने पैसा समयमै बुझाउने गर्नुहोस् र उनीहरुको शिक्षामा लगानी हुने पैसाको वार्षिक आँकडा निकाल्नुहोस् ।

–रमाइलोका नाममा पैसा धेरै खर्च नगर्नुहोस् । धेरै रमाइलोमा पेसा खर्च गर्न बानी छ भने आफ्नो जीवनसाथीलाई आर्थिक कारोबार गर्न दिनुहोस् ।
 यसरी व्यास्थापन समयदेखि नै गर्नुभयो भने हरेक समयको लागि सहज हुनेछ ।

५ बर्ष अगाडि

प्रतिक्रिया