केटी देख्नै हुँदैन... रोग के हो?

५ बर्ष अगाडि

रमेश २५ वर्षका मात्र छन् । उनलाई केटी देख्नै हुदैन । नजीक पुग्योकि सेक्स गर्न मन लागि हाल्छ । त्यसैले उनी केटी देख्योकि भाग्छन् । घरमा पनि आफ्ना नातेदार केटी छेउ बस्न पनि सक्दैनन् । थाहा छ उनलाई, यो सोचाई गलत हो । तर उनी त्यसबाट छुटकारा पाउन सक्दैनन् । जति गरेपनि नकारात्मक सोचाई आउन छाड्दैन । हेर्दा उनी ठिक र फिट पनि छन् । सेक्सको कुरामा मात्र उनलाई गलत विचार आउँछ । उनी यस्तो समस्या भन्न पनि सक्दैनन् । लुकाउन पनि नसक्ने अवस्थामा छन्।

समस्या बढ्दै गएपछि उनी मन्दिर पुग्छन् । मन्दिरमा जादाँ पनि भगवानकै बारेमा नकारात्मक सोच आउँछ । घर आउछन् नुहाएर ‘कुल’ हुन चाहन्छन् । घण्टाै‌सम्म नुहाइरहन्छन्।

यस्ता अनौठा, विचित्र र अशुद्ध सोचाई उनको मनमा पटकपटक आइरहन्छन् । यस्ता अशुद्ध सोचाइले गर्दा छटपटी पैदा हुन्छ । के गरौं र कसो गरौं हुन्छ । कहिलेकाँही चिच्याउने पनि गर्छन् । धेरै मानिसलाई यो कुनै रोग हो भन्ने लाग्दैन । उमेरले भयो होला भन्ने सोच्छन् । किनकि मानिसलाई लाग्छ, मानिसको मन न हो, बहकिन्छ । कहिलेकोही जे पनि सोचिन्छ । जब उनी यो समस्यामा चरम उत्कर्षमा पुग्छन्, त्यसपछि मात्र डाक्टरको सहारामा पुग्छन्।

कस्तो समस्या हो यो?
यस्तो समस्यालाई अब्सेसिभ कम्पल्सिभ डिस्अर्डर (ओसिडि) भनिन्छ । यो एक मनोवैज्ञानिक समस्या हो । यस्तो समस्या भएका मानिसमा सोचाइको सीमा नै हुँदैन । यस्ता सोचाइ हटाउन केही काममा व्यस्त हुनुपर्ने हुन्छ ।

यो एउटा यस्तो रोग हो जसमा बारम्बार एउटै सोचाई, विचार, दृश्य दिमागमा आइरहँदा छटपटी हुन्छ । हटाउने चाहना हुँदाहुँदैं पनि बारम्बार सोचाई दोहोरिरहन्छ । यस्ता समस्या भएका कतिपय बिरामीमा डिप्रेसनका लक्षण पनि पाइन्छन् । बिरामी मनभित्र अनेकौ सोचाईबाट ग्रसित हुन्छन् ।

के कारणले हुन्छ  यस्तो?
यो रोगको खास कारण थाहा छैन । तर मस्तिष्कमा सेरोटोनिन् भन्ने रसायनको गडबडी हुँदा यो रोग लाग्छ भन्ने धारणा छ । यसबाहेक सोचेको काम सफल नहुँदा तथा मस्तिष्कको संक्रमणपछि पनि यो रोग भएको पाइएको छ । बंशाणुगतरुपमा पनि यो रोग सर्ने गर्छ ।

यो रोगको उपचार कसरी गरिन्छ?
यसमा विभिन्न खालका औषधिको प्रयोग तथा मनोवैज्ञानिक उपचार  गरिन्छ, जसअन्तर्गत सोचाइ परिवर्तन गराउने, बिरामीको सोचाइअनुसार ध्यान केन्द्रित हुन नदिनेजस्ता उपचार गराइन्छ । समयमै वास्ता गरिएन भने यो रोग पछि कडा मानसिक रोगका रूपमा देखा पर्छ । पटक–पटक एउटै काम गर्ने मानिसलाई आफूले त्यो काम किन गरिरहेको छु भन्ने ख्यालै हुँदैंन । अरूले उसको बानी नै त्यस्तै रहेछ भनिठान्छन् । तर, समस्या जटिल बन्दै गएपछि मात्र यो रोग लागेको थाहा हुन्छ।

कस्तालाई हुन्छ यो रोग?
यो रोग अन्त्यन्तै नैतिकवान, आफूले भनेको नै हुनुपर्ने, अर्काको काममा चित्त नबुझ्ने खालका मानिसलाई लाग्ने सम्भावना बढी हुन्छ । यस्ता मानिसले अरूबाट पनि आफूजस्तै आशा गर्छन्, तर समाज त्यस्तो छैन । साथै सहन सक्ने क्षमता कम हुने, सानो कुरालाई पनि मनमा ठुलो रुपमा लिने मानिसमा हुने सम्भावना बढी हुन्छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया