तपाईको प्रेम विवाह नभई मागी विवाह हुन लागेको छ भने हुनेवाला दुलाहाका बारेमा राम्ररी जाँच पड्ताल आवश्यक छ । हुनत अहिले मागीविवाह भन्दा पनि आफूले रोजेको केटा या केटीसँग विवाह गर्ने चलन बढ्दै गएको छ । तै पनि मागी विवाह हटिसकेको भने छैन । मागी विवाहका लागी परिवारले नै केटाका बारेमा प्रशस्तै जानाकारी लिने सोधखोज गर्ने गर्छन् । परिवारको चित्त बुझेपछि मात्र विवाहको टुंगो लगाइन्छ तर पनि कतिपय अवस्थामा केटाले केही न केही कुरा लुकाइरहेकै हुन्छ । सामान्यतया विवाहपूर्व केटाकेटी आफ्नो हुनेवाला श्रीमान् श्रीमतीलाई विभिन्न किसिमका झुठ बोल्ने गर्छन् । यसको मतलब यो होइन कि केटाले केटी वा उनको परिवारलाई धोका दिइरहेको हुन्छ । केटाले विवाहपूर्व केटीलाई रउसको परिवारका सदस्यलाई आफूप्रति प्रभाव पार्न यी झुठहरु बोल्ने गर्छन्ः
१. आजसम्म मैले कुनै पनि केटिलाई नराम्रो दृष्टिले हेरेको छैन ।
२. मलाई लेनदेनमा विश्वास छैन । तिमी सिर्फ एकजोडा बिहेको कपडामा घर आउ ।
३. तिम्रो भाई बहिनी मेरो पनि आफ्नै भाई बहिनी हुन् उनीहरु प्रति मेरो पनि जिम्मेवारी छ ।
४. तिमी हरेक नजरबाट सुन्दर देखिन्छ्यौ ।
५. मलाई तिमीसँग हुदाको बेलामा जति राम्रो लाग्छ ,अरु कसैसँग हँुदा पनि लाग्दैन ।
६. मलाई तिम्रो परिवार एकदम राम्रो लाग्छ ।
७. तिमी कुनै पनि हिरोइनभन्दा कम छैनौ ।
८. बिहेपछि घर सम्हाल्ने काम तिमी एक्लेैको होइन ।
९. तिम्रा बाबुआमा मेरा पनि बाबु आमा हुन् ।
१०. विवाह गरे पनि तिमीले तिम्रो बा आमालाई उत्तिकै माया गर्नुपर्छ ।
११. तिमी मेरा श्रीमतीमात्र होइन मेरा सबैभन्दा मिल्ने साथी पनि तिमी नै हुनेछौ ।
१२. म कुुनै पनि कुरा तिमीबाट लुकाउन सक्दिन ।
प्रतिक्रिया