पर्यटन प्रवर्नमा लगानी आवश्यकः नेता नेपाल

५ बर्ष अगाडि

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकको आर्थिक समृद्धिको महत्वपूर्ण आधारको रुपमा रहेको पर्यटन प्रवद्र्धनका लागि सबै पक्ष सक्रिय भएर लाग्नुपर्ने बताउनुभएको छ ।
    गन्तब्य नेपालन्यूज डटकमको सातौँ वार्षिकोत्सवका आज यहाँ उद्घाटन गर्दै उहाँले बिना लगानी र मेहनत पर्यटन प्रवद्र्धन नहुने भन्दै यसका लागि सरोकार भएका निकायको सक्रिय भूमिका चाहिने उल्लेख गर्नुभयो । 
    पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता नेपालले अथाह सम्भावना भएर पनि नेपालको पर्यटन क्षेत्रले अपेक्षित लाभ लिन नसकेको भन्दै पर्यटन क्षेत्रको विकासका लागि पर्यकीय पूर्वाधार र सम्पदा प्रवद्र्धनमा सरकार र निजी साझेदारितालाई प्रभावकारी बनाइनुपर्ने बताउनुभयो ।
    उहाँले भन्नुभयो–“नेपालीको जस्तो आतिथ्यता संसारमा कही पाइन्न, धार्मिक, सांस्कृतिक, प्राकृतिक एवम् भौगोलिक विविधतायुक्त मुलुकले सबै भन्दा लाभ लिने क्षेत्र भनेकै पर्यटन हो, यसका लागि राज्य र समाज सहकार्यका साथ अघि बढ्नुपर्छ ।”
    सन् २०१८ मा करिब १२ लाख विदेशी पर्यटक नेपाल भित्रिएको सन्दर्भमा नेता नेपालले मुलुकको प्रचुर पर्यटकीय सम्भावनाकाबीच यो संख्या अत्यन्तै न्यून हो भन्दै २० लाख हैन ३० देखि ५० लाखको हाराहारीमा पर्यटक स्वागत गर्नेगरी प्रवद्र्धनात्मक गतिविधि अगाडि बढाइनुर्ने धारणा राख्नुभयो ।
    महत्वपूर्ण पर्यटकीय पूर्वाधारको रुपमा रहेका निर्माणाधीन भैरहवास्थित गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्रा्ष्ट्रिय विमानस्थलको निमार्णलाई तीब्रता दिई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको चुस्त व्यवस्थापन तथा काठमाडौँ उपत्यकालाई सुन्दर र सफा नगरीको रुपमा विकास गर्नसके अधिक संख्यामा पर्यटक आकर्षण गर्न सकिने उहाँको भनाई थियो । 
    कार्यक्रममा पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले पर्यटन क्षेत्रलाई व्यवसायिक ढङ्गले प्रवद्र्धनात्मक गविविधिका साथै सेवालाई गुणस्तरीय बनाउन लाग्नुपर्नेमा जोड दिनुभयो ।
    नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य दीपक महतले सरकार र निजी क्षेत्रको साझेदारितालाई फराकिलो बनाई पर्यटन प्रवद्र्धनको अभियानलाई प्रभावकारी रुपमा अघि बढाइनुपर्नेमा जोड दिनुभयो ।
    रिपोटर्स क्लव नेपालका अध्यक्ष ऋषि धमनाले सरकारले लिएको आर्थिक समृद्धि र सुखी नेपालीको नारालाई सार्थक बनाउने दरिलो आधार नै पर्यटन क्षेत्र भएकाले यसको प्रवद्र्धनका लागि सबै क्षेत्रको सहकार्य जरुरी भएको उल्लेख गर्नुभयो । 
कार्यक्रमान यूनिक एडभेन्चर ईन्टरनेशनल प्रा.लि. का प्रबन्ध निर्देशक खुम वहादुर सुवेदीलाई टुरिजम लाईफ टाईम एचिभमेन्ट अवार्ड, ठमेल पर्यटन विकास बोर्डका अध्यक्ष समिर गुरुङलाई ठमेल अवार्ड–२०१९, चोयूका प्रबन्ध निर्देशक निमा निरु शेर्पालाई एभरेष्ट प्रमोसन अवार्ड–२०१९, खुम्बु पासाङ लामुका मिङ्मा शेर्पालाई एभरेष्ट अवार्ड प्रदान गरिएको थियो । त्यसै हिमालय प्रोजेक्ज इ.भि. जर्मनका फाउन्डर मिकेल होस्ल, फाइनेस्स निर्देशक वेर्नर होस्ल, प्रबन्ध निर्देशक स्टेफन होस्ल र कार्यक्रम निर्देशक शान्ति होस्ललाई टुरिजम इन्टरनेशनल प्रमोसन अवार्ड– २०१९ प्रदान गरियो । 

साथै नेपाल एकेडमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्टका एक्जुकेटिभ डिरेक्टर दुर्गा दत्त ढकाललाई टुरिजम एक्सिलेन्ट अवार्ड–२०१९ प्रदान गरेको थियो । त्यसैगरी एलायन्स टे«क्स एण्ड एक्सिपिडिसन प्रा.लि.का प्रबन्ध निर्देशक कुल बहादुर गुरुङ, इन्फिनिटी रिर्सोट प्रा.लि.का प्रबन्ध निर्देशक विनोद तिमल्सिना, एड्भेन्चर विट अल्टिट्युड एक्सिपीडिसन प्रा.लि.का प्रबन्ध निर्देशक दावा छिरीङ शेर्पा, आइन टेलर टे«किङका प्रबन्ध निर्देशक आइन रोनाल्ड टेलर एण्ड लाउरा क्राभिना, होटल आट्र्स काठमाडौं प्रा.लि. का प्रबन्ध निर्देशक चिरञ्जिवी भट्ट, हाइवे स्टार टुर्स प्रा.लि.का प्रबन्ध निर्देशक मनोज कुमार श्रेष्ठ, रे अफ होप नेपालका अध्यक्ष गीता गुरुङ, लामा थाङ्का सेन्टर प्रा.लि.का प्रबन्ध निर्देशक रामबहादुर लामा (प्रकाश), इबिजा लन्च एण्ड डिस्को थेक्यू प्रा.लि.का प्रबन्ध निर्देशक दावा लामालाई टुरिजम इन्टरनेशनल प्रमोसन अवार्ड पाएका थिए । 

त्यसैगरी हिमाली भिलेज केयेर नेपालका अध्यक्ष नीर ध्वज लामा र सामाजिक अभियन्ता क्षमता ढकाललाई सामाजिक अवार्ड प्रदान गरिएकोे थियो । पत्रकारहरु ऋषि धमला (अध्यक्ष, रिपोर्टर्स क्लव नेपाल), विकाश थपलिया (समाचार वाचक–कान्तिपुर टेलिभिजन),  सि.वि.अधिकारी (समाचारदाता– राष्ट्रिय समाचार समिति) लाई गन्तव्य नेपाल पत्रकारिता अवार्ड प्रदान गरिएको थियो ।


    
 

५ बर्ष अगाडि

प्रतिक्रिया