सुमार्गी बैंक खाता रोक्का, सर्वोच्चको पत्र पर्खंदै राष्ट्र बैंक

५ बर्ष अगाडि

 काठमाडौं – व्यवसायी अजयराज सुमार्गीले बैंक खाताबाट झिकेको रकम फिर्ता गर्ने विषयमा सर्वोच्च अदालतबाट पत्र आएपछि आवश्यक प्रक्रिया अघि बढाइने नेपाल राष्ट्र बैंकले जनाएको छ। 

सुमार्गी सञ्चालक रहेको मुक्तिश्री सिमेन्टको उद्योगका नाममा इन्भेस्टमेन्ट बैंकको खातामा जम्मा भएको रकम शंकास्पद देखिएकाले उनले निकालेको रकम फिर्ता गर्न सर्वोच्च अदालतले बिहीबार आदेश दिएको थियो।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश आनन्दमोहन भट्टराईको संयुक्त इजलासले सर्वोच्चका न्यायाधीश दीपकराज जोशीबाट भएको अल्पकालीन अन्तरिम आदेश खारेज गर्दै सम्पत्ति शुद्धीकरण ऐनअन्तर्गत अनुसन्धान गर्नुपर्ने देखिएको भन्दै बैंकबाट सुमार्गीले झिकेका रकम फिर्ता गर्न राष्ट्र बैंक र इन्भेस्टमेन्ट बैंकलाई आदेश दिएको थियो। न्यायाधीश जोशीले खातामा रहेको रकम रोक्का नगर्न अल्पकालीन अन्तरिम आदेश दिएका बेला सुमार्गीले इन्भेस्टमेन्ट बैंकबाट पैसा निकालेका थिए।

सर्वोच्च अदालतको पछिल्लो आदेशसम्बन्धी पत्र प्राप्त भएपछि आवश्यक प्रक्रिया अघि बढाइने जानकारी राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले दिए। ‘सर्वोच्च अदालतको आदेश र पत्र हेरेर मात्र अगाडि बढछौं,’ उनले  भने, ‘पत्रपत्रिकामा आएको समचारलाई लिएर टिप्पणी गर्नुभन्दा अदालतले दिएको आदेशको पत्र पाएपछि मात्र निर्णयमा पुग्नु राम्रो होला।’ श्रेष्ठले अदालतको आदेश नहेरी इन्भेस्टमेन्ट बैंकलाई केही पनि निर्देशन दिन नसकिने बताए।  आजको नागरिक दैिनकमा खबर छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया