कहिल्यै मिलेनन् पौडेल र जोशी

५ बर्ष अगाडि

 तनहुँ – गत वर्ष सम्पन्न संघीय चुनावमा कांग्रेसका आधिकारिक उम्मेदवार रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएर पूर्वसहमहामन्त्री गोविन्दराज जोशी निकै चर्चामा पुगे। निर्वाचनमा पौडेलविरुद्ध उत्रेको भन्दै पार्टीले जोशीलाई कारबाही गरेको छ।

पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध विद्रोही बनेका जोशी र उनका प्रस्तावक र समर्थकसमेतलाई पार्टीले कारबाही गरेपछि पौडेल–जोशी विवादको चर्चा झनै चुलिएको छ। कांग्रेस तनहुँले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएको भन्दै जोशी र उनका प्रस्तावक तथा समर्थकलाई कारबाहीका लागि निर्वाचनअगावै सिफारिस गरेको थियो।

तर, पुस २४ गते कांग्रेस केन्द्रीय कार्यालयले तनहुँका कार्यवाहक सभापति जितप्रकाश आलेलाई पत्र लेख्दै संघीय निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी बनेका उम्मेदवार, उनका प्रस्तावक र समर्थकलाई कारबाही भएको जानकारी दिएको छ। पार्टी निर्णयविरुद्ध उत्रिँदा जोशीसहित रामदेव पन्त र हरिशरण पण्डितसमेत कारबाहीमा परेका छन्। पौडेलविरुद्ध जोशीले बागी उम्मेदवारी दिँदा पन्त प्रस्तावक र पण्डित समर्थक बनेर सघाएका थिए। तीनैजना नेतालाई ५ वर्षसम्म साधारण सदस्यसमेत नरहने गरी कारबाही भएको छ। नागरिक दैनिकमा विस्तृतमा खबर छापिएकाे छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया