नागरिक लगानी कोषको संरचना परिवर्तन हुँदै

५ बर्ष अगाडि

काठमाडौँ– कारोबार रकम वृद्धि भएसँगै सरकारले नागरिक लगानी कोषको सेयर पूँजी र संरचना परिमार्जनको प्रस्तावसहित विधेयक संसद्मा दर्ता गरेको छ ।
 नागरिक लगानी कोष ऐन २०४७ संशोधन विधेयक अर्थमन्त्री डा युवराज खतिवडाले राष्ट्रियसभा सचिवालयमा दर्ता गरेका छन् । 
 विधेयक सभामा पेस हुने चरणमा छ । कोषको कारोबार एक खर्ब रुपियाँभन्दा बढी पुगिसकेको छ ।
सरकारले प्रस्ताव गरेको विधेयक पारितपछि निजी क्षेत्रसहित स्वरोजगारमा संलग्न व्यक्ति समेत कोष अन्तर्गत सामाजिक सुरक्षाको दायरामा आउनेछन् । 

यस्तै, कोषको सेयर पूँजी वृद्धि तथा सेयर संरचना समेत परिवर्तन हुनेछ । मूल ऐनको दफा ४ प्रतिस्थापन गर्दै सरकारले कोषको अधिकृत पूँजी आठ अर्ब रुपियाँ पु¥याउने प्रस्ताव गरेको छ । हाल कोषको अधिकृत पूँजी आठ करोड रुपियाँ छ । कोषको चुक्ता पूँजीलाई तीन अर्ब रुपियाँ पु¥याउने सरकारको प्रस्ताव छ । गोरखापत्र दैनिकमा खबर छापिएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया