शिवश्री हाइड्रोपावरको १४ लाख ७६ हजार कित्ता आइपिओ बिक्री सुरु

५ बर्ष अगाडि

काठमाडौ – शिवश्री हाइड्रोपावर लिमिटेडले १४ लाख ७६ हजार ४०० कित्ता शेयरको आइपीओको बिक्री आजबाट सुर गर्ने भएको छ ।

सिन्धुपाल्चोक जिल्लामा २२ मेगावाटको माथिल्लो चाकु ए जलविद्युत् आयोजना निर्माण गरिरहेको यो कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि न्युनतम ५० देखि अधिकतम ७ हजार ३८० कित्ता शेयर दिने गरी आइपीओ बिक्री सुरु गरेको हो ।

यो कम्पनीले सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका, बाह्रविसे नगरपालिका, त्रिभुपार गाउँपालिका र सुनकोशी गाउँपालिकाका स्थानीयको लागि यो शेयर जारी गरेको हो । यसको शेयर आवेदन आजबाट माघ ११ गतेसम्ममा दिन सकिने छ ।

यो आयोजनाको लागत ३ अर्ब ६६ करोड ४७ लाख ८४ हजार रुपैयाँ रहेको छ । यो आयोजनामा विभिन्न ६७ जना संस्थापक शेयरधनीबाट ७५ प्रतिशत लगानी भएको छ । १० प्रतिशत आयोजना प्रभावितबाट र बाँकी शेयर सर्वसाधारणका लागि जारी गर्ने छ ।

यो आयोजना ९६ प्रतिशत निर्माण सम्पन्न भइसकेको र हाल निर्माणको अन्तिम चरणमा रहेको छ । यसको धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक सिदार्थ क्यापिटल लिमिटेड हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया