एक पैसाको मूल्य दुई लाख ४० हजार रुपैयाँ

५ बर्ष अगाडि

काठमाडौं – एक पैसाको मूल्य कति होला ? धेरैले सहजै उत्तर दिन्छन् एक पैसाको मूल्य एक पैसा नै । तर त्यसो होइन , अमेरिकाको बोस्टनबाट प्राप्त एक समाचारअनुसार एक पैसा अर्थात् एक पेनीको मूल्य २ लाख अमेरिकी डलर भन्दा बढी रहेको पाइएको छ । बोस्टनका एक व्यक्तिले आफ्नो खाजा खर्चमा भेटेको ७० वर्ष पूरानो एक पेनीलाई अर्का एक व्यक्तिले लिलाम बढाबढ गरी २ लाख ४ हजार डलरमा खरिद गरेका छन् ।

सो तामाको सिक्का नेपाली रुपैयाँ २ करोड २० लाखमा बिक्री गरिएको हो । बोस्टनमा बसोबास गर्दै आएका ६६ वर्षीय टम काल्डबेलले उक्त रकममा एक पेनी खरिद गरेका हुन् । लिलाम बढाबढमा ३० जना सहभागी भएका थिए । सन् १९४३ मा सो तामाको सिक्का बनाइएको दावी गरिएको छ । दोस्रो विश्वयुद्धको समयमा अमेरिकाको संघीय सरकारले विश्वयुद्धका लागि तयार गरिएको तामाको सामगी बनाउँदा उक्त सिक्का समेत बनेको बताइन्छ ।

यस्ता मुद्रा २० वटा रहेका छन् । पुरातत्वको लिलाम बढाबढ गर्ने एक संस्थाकाअनुसार जोन लुटेस जुनियरले १६ वर्षको हुँदा स्कूलको चमेना ग.हमा खाना खाँदा उक्त पैसा पाएका थिए । सोही प्रकारको पेनी सन् २०१० मा १ लाख ७० हजार डलरमा बिक्री भएको बताइएको छ । 


 

५ बर्ष अगाडि

प्रतिक्रिया