लिवर्टी इनर्जीले ५१ मेगावाटका दुई आयोजना बनाउने, दोर्दीको आइपिओको तयारी

५ बर्ष अगाडि

काठमाडौं – लिवर्टी इनर्जी कम्पनीले ५१ मेगावाटका जलविद्युत आयोजना निर्माण अघि बढाएको जनाएको छ ।

 लमजुङ र बागलुङमा ती आयोजना निर्माण अघि बढाइएको कम्पनीले उल्लेख गरेको हो । लमजुङमा निर्माण भइरहेको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ को निर्माण करिब ८५ प्रतिशत काम पूरा भएको छ ।

बाँकी दुई आयोजनाको अध्ययन पूरा भई विद्युत खरिद सम्झौता (पिपिए) गर्ने तयारीमा छन् । आयोजनाबाट २०७६ भदौमा विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ । बागलुङ र लमजुङमा निर्माण हुने क्रमशः २४.६ मेगावाटको बडिगाड खोला र १.६ मेगावाटको लोदोखोलाको काम अर्को वर्षबाट सुरु गर्ने छ ।

कम्पनीले माथिल्लो दोर्दी ‘ए’ मा लगानी गर्न समयभित्र स्थानीय र सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने जानकारी दिएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया